२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

रामग्राम महिला जेसीजद्धारा बाल विवाह र बाल यौन दुव्र्यवहार रोकथाम सम्बन्धि सचेतना

२०८१ जेष्ठ १८, शुक्रबार प्रकाशित ( महिना अघि) १६२ पाठक संख्या

परासी, १८ जेठ । रामग्राम महिला जेसीजको आयोजनामा बाल विवाह र बाल यौन दुव्र्यवहार सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । परासीस्थित आदर्श माविका दृष्टिविहीन स्रोत कक्षामा अध्यनरत दृष्टिविहीन बालबालिकालाई आज उक्त सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।
सामान्य बालबालिकाहरुको तुलनामा अपांगता भएका बालबालिकाहरु यौन दुव्र्यवहारको शिकार हुने गरेकोले त्यस किसिमका दुव्र्यवहारबाट उनीहरुलाई बचाउन सचेतना कार्यक्रम गरिएको रामग्राम महिला जेसीजकी अध्यक्ष विनिता खड्काले जानकारी दिनुभयो । अपांगता भएका विशेषगरी बालिकाहरु माथि समाजमा विभिन्न खाले दुव्र्यवहारका घटना भईरहने भएकोले त्यसको समयमै पहिचान गर्न सकेको खण्डमा दुव्र्यवहार अन्त्य हुनुका साथै अपांगता भएका बालबालिकाको जीवनमा पर्ने असर समेत कम गर्न सकिने उहाँले बताउनुभयो ।
अध्यक्ष खड्को अध्यक्षता तथा नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर सन्दिप अग्रहरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेल, रामग्राम महिला जेसीजकी निवर्तमान अध्यक्ष जोगमाया चौधरी,नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनका केन्द्रीय सदस्य अर्जुन क्षेत्री, विद्यालयका स्रोत शिक्षक भोजराज पाण्डे लगायतले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा रामग्राम महिला जेसीजकी अध्यक्ष खड्काले बाल विवाहबाट हुने वेफाईदा तथा बाल यौन दुव्र्यवहारका लक्षण, बच्ने उपाय लगायतका विषयमा प्रकाश पार्नुभएको थियो भने कानूनी सहायता केन्द्रकी अधिवक्ता श्रद्धासुमन आचार्यले यौन दुव्र्यवहार गर्नेलाई हुन सक्ने सजाय तथा कानूनी उपचार लगायतका विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा रामग्राम महिला जेसीजकी कोषाध्यक्ष रमा गौतमको सञ्चालन, कार्यकारी उपाध्यक्ष डोल्मा चौधरीको आस्था पाठ रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस