२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

नवलपरासी टेलरिङ्ग व्यवसायी संघको चौँथो साधारणसभा तथा भित्तेपात्रो विमोचन

२०८१ जेष्ठ १५, मंगलबार प्रकाशित ( महिना अघि) १५२ पाठक संख्या

परासी,१५ जेठ । नवलपरासी टेलरिङ् व्यवसायी संघको चौँथो साधारणसभा तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । संस्थाका जिल्ला अध्यक्ष राजु देवानको अध्यक्षता तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको प्रमुख आतिथ्यमा परासीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री कँडेलले छरिएर रहेका टेलर व्यवसायीहरु एकताबद्ध भई बजारको माग अनुसार आधुनिकतासँग जोडिनुपर्ने बताउनुभयो । उहाँले समय अनुसार टेलर व्यवसायीहरु पनि परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, जिल्ला समन्वय समितिका पूर्व प्रमुख शिवशंकर राय, रामग्राम नगरपालिकाकी पूर्व उपमेयर रम्भा कुँवर, परासी क्याम्पसका प्रमुख सुमन गोपाल आचार्य, रामग्राम नगरपालिकाकी कार्यपालिका सदस्य नानु कुमारी खड्का, रामग्राम महिला जेसीजकी पूर्व अध्यक्ष अनिता दवाडी तिवारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा संघले प्रकाशन गरेको २०८१ सालको भित्तपात्रोको पूर्वमन्त्री कँडेलसहितका अतिथिहरुले विमोचन गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस