२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पाल्हीनन्दनका स्वास्थ्यकर्मीलाई उपक्षित उष्ण प्रदेशीय रोग सम्बन्धी पुनःताजगी तालिम

२०८१ जेष्ठ १, मंगलबार प्रकाशित ( महिना अघि) १८० पाठक संख्या

परासी, १ जेठ । पाल्हीनन्दन गाउँपालिकाका स्वास्थ्यकर्मीहरुलाई उपेक्षीत उष्ण प्रदेशीय रोगहरु सम्बन्धी पुनःताजगी तालिम प्रदान गरिएको छ । गाउँपालिकाको आयोजना तथा ईन्द्रेणी सामाजिक विकास मञ्च बर्दघाट पञ्चनगर र फेयर मेडको आर्थिक सहयोगमा गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले उष्ण प्रदेशीय रोगहरु फैलिने क्रम तीव्र रहेकोले यसको रोकथाम र निदानमा सबैको प्रयास आवश्यक रहेको बताउनुभयो । यस्ता रोगका कारण सामाजिक वहिष्करणमा पर्ने डरले आम नागरिकहरु सजिलै स्वास्थ्य संस्थामा उपचारका लागि आउन नमान्ने गरेकोले स्वास्थ्यकर्मीहरुले उनीहरुलाई सहज रुपमा स्वास्थ्य संस्थामा उपचारका लागि आउने वातवारण बनाउनुपर्ने भन्दै उहाँले त्यस्ता सेवाग्राहीलाई विशेष प्राथमिकता दिएर स्वास्थ्य सेवा प्रवाह गर्न आग्रह गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारीले तालिमबाट सिकेका सिकाईलाई व्यवहारमा लागू गरि सेवाग्राहीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न जोड दिनुभयो । कुष्ठरोग, हात्तिपाईले, डेँगु, सर्पदंश लगयातका रोगहरु उष्ण प्रदेशीय रोग अन्तरगत पर्दछन् ।
उष्ण प्रदेशीय रोगको उपचार सेवाको विषयमा यसअघि नै तीन दिनको तालिम लिएका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि, अध्यावधिक एवं अनुभव आदानप्रदान गर्ने उद्देश्यले उक्त तालिम गरिएको ईन्द्रेणी सामाजिक विकास मञ्चका सूचना अधिकारी एवं आधारभूत स्वास्थ्य परियोजनाका जिल्ला परियोजना संयोजक पुष्पराज आचार्यले जानकारी दिनुभयो । उक्त अवसरमा उष्ण प्रदेशीय रोगको विषयमा थप सिकाई हासिल गर्न चाहने स्वास्थ्यकर्मीहरुलाई प्रश्नोत्तरको माध्यमबाट सहजीकरण गरिएको थियो । कार्यक्रममा डा.विष्णु विश्वकर्माले सहजीकरण गर्नुभएको थियो ।
मातृ तथा नवजात शिशुको स्वास्थ्य एवं उष्ण प्रदेशीय रोगहरुको उपचार सेवालाई एकिकृत रुपमा प्रभावकारी बनाउने र रिर्पाेटिङ तथा रेकर्डिङलाई व्यवस्थापन गर्ने विषयमा छलफल गरिएको संयोजक आचार्यले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस