२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रक्तदान सम्बन्धी सचेतना फैलाउँदै नेपाल रेडक्रस सोसाईटी परासी उपशाखा

२०८१ बैशाख २६, बुधबार प्रकाशित ( महिना अघि) २०१ पाठक संख्या

मोहन पौडेल
परासी, २६ वैशाख । नेपाल रेडक्रस सोसाईटी परासी उपशाखाले रक्तदान सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । रक्तदानका लागि उत्प्रेरणा प्रदान गर्न विश्व रेडक्रस दिवसको अवसर पारी उपशाखाले आज परासीमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा उपशाखा अन्तरगत पर्ने परासीका ११ वटा निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी एवं शिक्षकहरुको सहभागिता रहेको थियो । रक्तदानले जीवन बचाउने तर रक्तदानको विषयमा गलत धारणा रहेकोले यसको महत्वको विषयमा सचेतना कार्यक्रमको आवश्यकता महुशस गरि विद्यार्थी लक्षित सचेतना कार्यक्रम गरिएको उपशाखाका सभापति सन्दिप अग्रहरीले बताउनुभयो । विद्यार्थी मार्फत अभिभावकमा सन्देश फैलाउन कार्यक्रमले टेवा पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्रप्रसाद अग्रहरीले सचेतना कार्यक्रमले मानव जीवन बचाउने रगतको उपलब्धतालाई सहज बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले १६ देखि ६० वर्ष सम्मका स्वस्थ व्यक्तिले रगत दान गर्न सक्ने बताउँदै रक्तदान गर्दा कुनै पनि असर नगर्ने भएकोले समाजमा रहेको भ्रमलाई चिर्न आवश्यक रहेको बताउनुभयो ।
उत्पेरणा सत्रलाई सहजीकरण गर्दै रेडक्रसका जिल्ला शाखाका उपमन्त्री सुरज केसी र जिल्ला सदस्य घनश्याम यादवले रगतको महत्व, काम, कस्तो कस्तो अवस्थामा रक्तदान गर्न मिल्छ, रक्तदानका लागि उपयुक्त उमेर तथा अवस्था, कस्ता व्यक्तिहरुले रक्तदान गर्न मिल्दैन ,रक्तदान गरिसकेपछि रगतलाई कसरी समुह विभाजन गरिन्छ लगायतका विषयमा प्रकाश पार्नुभएको थियो । मानवीय कार्यका लागि रक्तदान स्वास्थ्य अनुकूल भएको अवस्थामा रक्तदान गर्नु सबैभन्दा ठूलो दान भएकोले एकपटक गरिएको रक्तदानले तीन जनासम्म मानिसको जीवन बचाउन सक्ने जानकारी गराईएको थियो ।
सोही अवसरमा ४२ पटक रक्तदान गरि मानवीय सेवामा योगदान गर्नुभएका रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मी र १५ पटक रक्तदान गर्नुभएकी भूमही निवासी चन्द्रकला डुम्रेलाई सम्मान गरिएको थियो । रेडक्रस परासी उपशाखाका सभापति सन्दिप अग्रहरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भ्रष्टाचार विरुद्ध नागरिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवाली, रामग्राम ६ का वडा अध्यक्ष विद्यासागर त्रिपाठी,रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मी, रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्याम कुमार बस्याल, रेडक्रस परासी उपशाखाका सचिव बसन्त पराजुली, सदस्य राधिका पौडेल लगायतले रक्तदानको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस