२०८२ पौष १३, आईतबार
24 खबर अपडेट

ग्यास बिक्रेता संघ नवलपरासीको चौँथो साधारणसभा पोखरापालीमा सम्पन्न

२०८० चैत्र २८, बुधबार प्रकाशित ( साल अघि) ६९७ पाठक संख्या

परासी, २८ चैत । ग्यास विक्रेता संघ पश्चिम नवलपरासीको चौँथो वार्षिक साधारणसभा बुधबार परासीमा सम्पन्न भएके छ । रामग्राम–६ स्थित स्व.हरिराम अग्रहरी स्मृत्ति धर्मशालामा सम्पन्न साधारणसभाले संघको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्दै आगामी कार्ययोजना समेत तय गरेको छ ।
सभाको उद्घाटन शत्रलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले ग्यासजन्य वस्तुहरुको सही प्रयोग गर्न नजान्दा विभिन्न दुर्घटनाहरु हुने गरेको भन्दै सचेत गराउनुभयो । उहाँले आम समुदायलाई ग्यासको सही प्रयोग र यसको जोखिमबाट बच्ने उपायको बारेमा सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बताउँदै गाउँपालिकाले त्यसका लागि सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले ग्यास व्यवसायीका समस्याहरु समाधानका लागि आफ्नो तर्फबाट पहल गर्ने पनि बताउनुभयो ।
ग्यास विक्रेता संघका जिल्ला अध्यक्ष हरिप्रसाद अधिकारीले ग्यास विक्रेता व्यवसायीको समस्या र न्यून कमिसन जस्ता विषयहरु जोडदार ढंगले उठाईरहेको बताउनुभयो । ग्यास उद्योग र विक्रेता मिलेर समस्या समाधान गर्नुपर्ने बताउँदै अध्यक्ष अधिकारीले व्यवसायीले अफ्ठ्यारो अवस्थामा पनि काम गरिरहेको बताउनुभयो । आगामी दिनमा समुदायमा सचेतनामूलक कार्यक्रम, उपभोक्ताको सुरक्षा,व्यवसायीको दुर्घटना बीमा लगायतका विषयमा पनि जोडदार ढंगले आवाज उठाउने उहाँको भनाई थियो । न्यून कमिसनका कारण ग्यास व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था रहेको बताउँदै उहाँले विक्रेताले सुरक्षा संवेदनशीलतामा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
त्रिशुली ग्यास उद्योग प्रालिका व्यवस्थपक देवी भुसालले उपभोक्ताले गुणस्तरीय पाईप र रेगुलेटरको प्रयोग नगर्दा ग्यासजन्य पदार्थबाट दुर्घटना हुने गरेको तर ग्यास आफैमा दुर्घटनाको कारण नहुने गरेको दाबी गर्नुभयो । उहाँले ग्यास जन्य पदार्थको प्रयोग र जोखिमको विषयमा उद्योगले व्यवसायीहरुसँग मिलेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न तयार रहेको पनि उल्लेख गर्नुभयो ।
ग्यास विक्रेता संघका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रामग्राम ६ का वडा अध्यक्ष विद्या सागर त्रिपाठी, उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य रामजी ज्ञवाली, नागरिक समाजका जिल्ला अध्यक्ष राधेश्याम सिंह सैथवार, ग्यास विक्रेता महासंघका केन्द्रीय सदस्य कमल अधिकारी, नवलपरासी उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरीराज पाण्डेय, बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेल, ग्यास विक्रेता संघ नवलपरासीका वरिष्ठ उपाध्यक्ष डिल्लीराम शर्मा, सल्लाहकार युवराज भुसाल लगायतले शुभकामना व्यक्त गर्नुभएको संघका उपाध्यक्ष सन्दिप अग्रहरीले बताउनुभयो ।
सभामा संघका सचिव रविलाल न्यौपानेले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सावित्रा मिश्र पाण्डेले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस