२०८३ बैशाख ९, बुधबार
24 खबर अपडेट

पाल्हीनन्दनमा हिन्दु र मुस्लिम समुदायद्धारा सामूहिक रुपमा ईद मिलन तथा शुभकामना आदानप्रदान

२०८० चैत्र २७, मंगलबार प्रकाशित ( साल अघि) ७९२ पाठक संख्या

परासी, २७ चैत । भाइचारा, आपसी सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा हिन्दु र मुस्लिम समुदाय मिलेर सामूहिक रुपमा ईद मिलन कार्यक्रम गरेका छन् । पाल्हीनन्दन गाउँपालिकाको आयोजनामा ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदको अवसरमा उक्त कार्यक्रम गरिएको हो ।
सबै नेपालीबीच आपसी सद्भाव र भाईचाराको सम्बन्ध सुमधुर बनाउन सबै मिलेर ईद पर्वको शुभकामना आदानप्रदान गरिएको पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी(सकिना)ले जानकारी दिनुभयो । आपसमा मिलेर पर्व मनाउँदा धार्मिक सहिष्णुताको अनुपन उदाहरणको रुपमा यस कार्यक्रमलाई लिएको पनि उहाँले बताउनुभयो । नेपाल बहुजाति,बहुधार्मिक, बहुभाषिक र बहुरहनसहन, रितीरिवाज भएको देश भएकोेले एक अर्काका धर्म र संस्कृतिको सबैले सम्मान गर्नुपर्ने उपाध्यक्ष अन्सारीले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)को अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले ईद पर्वको शुभकामना व्यक्त गर्दै शान्ति, समृद्धि र विकासको कामना व्यक्त गर्नुभयो । ईद शान्ति र भाईचाराको पर्व भएको बताउँदै नेता कँडेलले यस पर्वले सबैलाई एकताबद्ध बनाउन सहयोग गरेको बताउनुभयो ।
उक्त अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल), बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्याय, ओल्मा काउन्सिल नेपालका अध्यक्ष सैयद गुलाम हुसेन, ताजुद्दिन अन्सारी, पत्रकार हुसेन अन्सारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । रमजान महिनाको एक महिना लामो रोजा समाप्त भएपछि ईस्लाम धर्मावलम्बीहरुले धुमधामका साथ ईद पर्व मनाउने गर्दछन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस