२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सरावलको रजहवा दुर्गा मन्दिरमा श्रीमद् भागवत ज्ञान महायज्ञ एवं धार्मिक उत्सव शुरु

२०८० चैत्र २७, मंगलबार प्रकाशित ( महिना अघि) ५१४ पाठक संख्या

मोहन पौडेल
परासी, २७ चैत । धर्म संस्कृतिको संरक्षण गर्दै पञ्चधामको रुपमा विकास गर्ने उद्देश्यले पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं.१ रहजवा स्थित दुर्गा मन्दिर मणिदीप धाममा आजदेखि श्रीमद् देवी भागवत ज्ञान महायज्ञ एवं धार्मिक उत्सव शुरु भएको छ । रजहवा वनवाटीका तथा दुर्गा मन्दिर क्षेत्रलाई पञ्चधामको रुपमा विकास गर्न तथा वैदिक धर्म संस्कृति परम्परा र सभ्यताको संरक्षण गर्न उक्त महायज्ञ सञ्चालन गरिएको हो ।
दुर्गा मन्दिर व्यवस्थापन समिति रहजवाको आयोजना तथा वैदिक धर्म परिषद् नेपाल जिल्ला कार्यालय सरावल १ नवलपरासीको सहआयोजनामा शुरु भएको महायज्ञ आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुने महायज्ञ आयोजक दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण भट्टराईले जानकारी दिनुभयो ।
सरावलको वडा नं. १  बसन्तनगर नयाँ टोल बसहीमा  अवस्थित रहजवा शान्ति वन वाटीका र यस अन्तरगत रहेका धार्मिक स्थ्लहरु र मणि दीप भगवती माता ,राज हरिहर धामको प्रांगणमा वै्रदिक धर्म परिषदको संरक्षण र संम्बद्र्धनको लागि सन्त शिरोमणि श्री १००८ स्वामी विवेकानन्द सरस्वती महाराजको प्रमुख आतिथ्य र आचार्य नारायण गैरेको प्रमुख वाचकत्वमा महायज्ञ शुरु भएको अध्यक्ष भट्टराईले बताउनुभयो ।
महायज्ञ  अघि आज विहान कलशयात्रा निकाललिएको छ भने प्रत्येक दिन विहान साढे सात बजेदेखि साढे ८ बजेसम्म पूजा अर्चना, प्रत्येक दिन विहान साढे ८ बजेदेखि विहान साढे ११ बजेसम्म देवी भागवनत पाठ परायढढा, हवा, अभिषेक, बेद पाठक, भागवत पाठ, चडी पाठ र रुद्रीहोम, गिता पाठ, दिउँसो साढे १२ देखि साढे ४ बजेसम्म कथा प्रवचन,सहित सन्ध्याकालीन आरती, भजनििकर्तन लगायतक कार्यक्रमहरु सञ्चालन हुने आयोेजक समितिका उपाध्यक्ष लिलाधर पाण्डेले जानकारी दिनुभयो ।
चैतेदशैँको अवसर पारि आयोजना गरिएको यो महायज्ञबाट दुर्गा मन्दिरको नियमित पूजा व्यवस्थापनका लागि अक्षयकोष स्थापना गर्ने र महायज्ञबाट अपेक्षित दान संकलन भएमा यस क्षेत्रलाई पञ्चधाम क्षेत्रको रुपमा विकास गर्ने, सत्संग हल निर्माण गर्ने मूख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।
बासा चोकबाट करिब दुई किलोमिटर उत्तरतर्फ रहेको यो क्षेत्र धार्मिक र पर्यटकीय हिसावले पनि रमणीय रहेको महायज्ञका प्रचारप्रसार संयोजक नारायण पाण्डेले बताउनुभयो । महायज्ञमै सामूहिक व्रतबन्ध गर्न सक्ने, ग्रहजाप, विभिन्न धार्मिक क्रियाकलाप पनि हुने बताउँदै महायज्ञबाट यस क्षेत्रको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
यो क्षेत्र करिब साढे १२ विघा क्षेत्रफलमा फैलिएको स्थानीय अगुवा कृष्ण भुसालले जानकारी दिनुभयो । यहाँको दुर्गा मन्दिर वि.स.२०३८ सालमा स्थापना भएको र हाल यहाँ दुर्गा, राम, लक्ष्मण र शिवको मन्दिर रहेकोमा अव सूर्यनारायणको मन्दिर निर्माण गर्ने लक्ष्य रहेको बताउनुभयो । यसैगरी यहाँ रहेको रजहवा शान्ति वनवाटीका निर्माणाधिन अवस्थामा रहेको बताउँदै उहाँले वन वाटीका निर्माणका लागि पूर्वाधार निर्माण कार्य भईरहेको र हालसम्म करिब ३५ लाखको लगानी भईसकेको बताउनुभयो । यस क्षेत्रको विकासका लागि गाउँपालिकाले डिपीआर निर्माण गरिसकेको उहाँले बताउनुभयो । गाउँपालिकाले करिब ३२ करोड लागत अनुमानको डिपीआर तयार गरेको छ ।
यस महायज्ञबाट करिब ३५ लाख रुपैँया आर्थिक संकलन हुने अपेक्षा गरिएको रजहवा वन वाटीकाका अध्यक्ष जनार्दन भण्डारीले बताउनुभयो । महायज्ञबाट संकलन हुने रकम अपुग भएमा गाउँपालिकाले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस