२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

आदर्श माविमा विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावकबाट तीन जनाको नाम सिफारिस

२०८० फागुन १३, आईतबार प्रकाशित ( महिना अघि) १७१ पाठक संख्या

परासी, १३ फागुन । आदर्श माध्यमिक विद्यालय परासीको विद्यालय व्यवस्थापन समितिका लागि तीन जना सदस्य छनौट गरिएको छ । विद्यालयको आज सम्पन्न अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनका लागि अभिभावक मध्येबाट तीन जना छनौट गरि पठाएको हो ।
रामग्राम नगरपालिकाको नगर शिक्षा ऐन २०७५ बमोजिम अभिभावक भेलाबाट तीन जना सदस्य छनौट गर्नुपर्ने प्रावधान अनुसार आजको भेलाले तीन जना अभिभावकलाई विद्यालय व्यवस्थापन समितिको सदस्यमा छनौट गरेको विद्यालयका प्रधानाध्यापक दीपक भट्टराईले जानकारी दिनुभयो ।
भेलाले रामबहादुर केवट सहानी, लक्ष्मण यादव र सुनिता कोहारलाई छनौट गरेको हो । यसअघि गत फागुन ९ गते भएको भेलाले सर्वसम्मत तीन जना सदस्य छनौट गर्न नसकेपछि आज दोस्रो पटक भेला बोलाईएको थियो । नगर शिक्षा ऐन अनुसार विद्यालय व्यवस्थापन समिति गठनको लागि अभिभावक मध्येबाट तीन जना विद्यालयले सिफारिस गर्नुपर्ने प्रावधान छ भने बुद्धिजीवि एक जना, वडा प्रतिनिधि एक जना,शिक्षक प्रतिनिधि एक जना र प्रधानाध्यापक गरि सात जना रहने व्यवस्था रहेको उक्त विद्यालयका सूचना अधिकारी निरज ज्ञवालीले जानकारी दिनुभयो । अब नगरपालिकाले सिफारिस गरिएका मध्येबाट एक जनालाई अध्यक्ष तोकेर पठाउने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस