२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

महेशपुर भन्सारमा क्वारेन्टाईन स्थापना गर्न सांसद प्रधानको माग

२०८० फागुन ६, आईतबार प्रकाशित ( महिना अघि) १३८ पाठक संख्या

परासी, ६ फागुन । नवलपरासी क्षेत्र नं.२ का संघीय सांसद धु्रबहादुर प्रधानले महेशपुर भन्सारमा क्वारेन्टाईन स्थापना गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद प्रधानले महेशपुर भन्सारमा तत्काल क्वारेन्टाईन स्थापना गरि सञ्चालन गर्न सरकारसँग माग गर्नुभएको हो ।
राप्रपा उपाध्यक्ष समेत रहनुभएका प्रधानले महेशपुर भन्सारमा क्वारेन्टाईन नहुँदा व्यवसायीहरु रुपन्देहीको बेलहिया भन्सारमा परीक्षण गर्न जानुपर्दा समय र खर्चको व्ययभार खेप्नुपरेको बताउनुभयो । यस क्षेत्रमा पछिल्लो समय ठूला तथा मझौला उद्योगहरु पनि खुलेको र उद्योगीको सहजताका लागि पनि महेशपुर भन्सारमा क्वारेन्टाईनको आवश्यकता रहेको भन्दै उहाँले नेपाल सरकार, कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यनाकर्षण गराउनुभयो । मूल भन्सारमा परिणत भएको लामो समय भएपनि महेशपुर भन्सारमा हालसम्म क्वारेन्टाईन स्थापना गरिएको छैन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस