२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

प्रेस चाैतारी लुम्बिनी प्रदेशको प्रथम साधारणसभा तथा प्रदेश भेला दाङमा सम्पन्न

२०८० फागुन ५, शनिबार प्रकाशित ( महिना अघि) २२७ पाठक संख्या

परासी,५ फागुन । प्रेस चाैतारी नेपाल लुम्बिनी प्रदेश कमिटीको प्रथम साधारणसभा तथा प्रदेश भेला शनिबार दाङको राप्ती गाउँपालिकामा सम्पन्न भएको छ ।

चाैतारीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष शोभाकर पन्थीको अध्यक्षता एवम् नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा संघीय सांसद सुर्य थापाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बोल्दै थापाले प्रेस चाैतारी बलियो भए मात्र पार्टी बलियो हुने बताउनुभयो।
त्यसका लागि संगठनलाई बलियो बनाउन तर्फ लाग्न उहाँले सुझाव दिनुभयो । उहाँले एमालेको नेतृत्वमा सरकार हुँदा देशमा विकासका कामहरु थालनी गरिएको भए पनि वर्तमान गठबन्धन सरकारले केही काम गर्न नसकेको र एमालेले शुरु गरेका विकासका काम पनि अलपत्र पारेको दाबी गर्नुभयो ।
कार्यक्रममा प्रेस चाैतारी नेपालका केन्द्रीय उपाध्यक्ष द्धय गणेश पाण्डे,सविन प्रियासन, महासचिव हिरामान लामा, एमाले लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य, लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरे, संसदीय मामिला पत्रकार समाज लुम्बिनीका अध्यक्ष घनश्याम गाैतम, एमालेका प्रदेश कमिटी सदस्य तथा प्रेस चाैतारीका ईन्चार्ज मोहन चापागाईं, एमाले दाङका अध्यक्ष हुकुम बहादुर बस्नेत, प्रदेस सरकार सञ्चार समन्वय परिषद् अध्यक्ष मिलन गाहा, प्रेस चाैतारी लुम्बिनी प्रदेश कमिटीका सल्लाहकार भरत केसी,प्रदेस उपाध्यक्ष दशरथ घिमिरे लगायतले शुभकामना व्यक्त गर्नु भएको प्रेस चौतारीकि प्रदेश महासचिव निरू गाैतमले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस