२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

आदर्श माविका जेहेन्दार विद्यार्थीलाई बमबहादुर प्रधान स्मृत्ति छात्रवृत्ति वितरण

२०८० फागुन २, बुधबार प्रकाशित ( महिना अघि) २७६ पाठक संख्या

परासी, २ फागुन । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित आदर्श माध्यमिक विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । आज विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच ६ जना उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्तिबाट सम्मान गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका संस्थापक प्रधानाध्यापक बम बहादुर प्रधानको स्मृत्तिमा स्थापित अक्षयकोषको आम्दानीबाट विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप छात्रवृत्ति प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक दीपक भट्टराईले जानकारी दिनुभयो । गत शैक्षिक शत्रमा कक्षा ८,९ र १० मा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई जनही रु ६ हजारका दरले छात्रवृत्ति वितरण गरिएको उहाँले बताउनुभयो ।
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुमा खुशी कोँहार, अभिषेक गुप्ता, राधा चौधरी, अंश ठाकुर, हेमा सहानी र विवेकानन्द ठाकुर रहेका छन् । उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरीले छात्रवृत्ति वितरण गर्नुभयो । उक्त अवसरमा उपमेयर चौधरीले छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि जेहेन्दार भई अध्ययन गर्न र उत्कृष्ट नतिजाका साथ शैक्षिक उन्नती हासिल गर्न आग्रह गर्नुभयो । आफ्ना परिवारको तर्फबाट आदर्श माविमा विभिन्न सहयोग तथा अक्षय कोष स्थापना गरि विद्यार्थी प्रोत्साहन गर्ने कार्य विगत देखि नै चलिरहेको बताउँदै उहाँले आफूले पनि सक्दो सहयोग गर्ने बताउनुभयो । अक्षयकोषका संरक्षक तारा प्रधानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रधानाध्यापक भट्टराईको स्वागत तथा विद्यालयका सूचना अधिकारी एवं शिक्षक निरज ज्ञवालीले सहजीकरण गर्नुभएको थियो ।

A2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस