२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

जनता मावि शुक्रौलीद्धारा वार्षिकोत्सव, सरस्वती पूजासहित ३३ जना चन्दादातालाई सम्मान

२०८० फागुन २, बुधबार प्रकाशित ( महिना अघि) ३९९ पाठक संख्या

परासी, २ फागुन । पश्चिम नवलपरासीको रामग्राम–१५ स्थित जनता माध्यमिक विद्यालय शुक्रौली नवलपरासीले ३३ जना चन्दादातालाई सम्मान गरेको छ । आज विद्यालयमा आयोजित सरस्वती पूजा तथा ७४ औँ वार्षिकोत्सवको अवसरमा विद्यालयले चन्दादातालाई सम्मान गरेको हो ।
विद्यालयको शैक्षिक तथा भौतिक विकासमा महत्वपूर्ण योगदान गरेका ३३ जना चन्दादातालाई प्रोत्साहन गर्न सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक चन्द्रमणि लम्सालले जानकारी दिनुभयो । उक्त अवसरमा प्रमुख अतिथि रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले चन्दादातालाई सम्मान पत्रले सम्मान गर्नुभएको थियो ।
सोही अवसरमा अन्य दुई जनाले पनि क्रमशः एक लाख र पचास हजार चन्दा दिने घोषणा गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले शैक्षिक गुणस्तर वृद्धि गरि उत्कृष्ट नतिजा हासिल गर्न आग्रह गर्दै विद्यालयको भौतिक विकासमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले शिक्षाको गुणस्तर सुधार नभएसम्म योग्य जनशक्ति उत्पादन नहुने बताउँदै सबै मिलेर सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कौलेश्वर अहिरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर उपप्रमुख सम्झना चौधरी, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक डा.प्रवेश सिंह कुँवर, वडा नं.१५ का वडा अध्यक्ष धनपत यादव,निवर्तमान नगर उपप्रमुख रम्भा कुँवर,नगर शिक्षा अधिकृत सुन्दर खनाल लगायतले शुभकामना व्यक्त गर्नुभएको विद्यालयका शिक्षक उमेश कोँहारले जानकारी दिनुभयो ।

S2

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस