२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

शान्ति र परिवर्तनको लागि सामाजिक संस्थाको साधारणसभा तथा नयाँ नेतृत्व चयन

२०८० माघ २८, आईतबार प्रकाशित ( महिना अघि) ३३३ पाठक संख्या

परासी, २८ माघ । शान्ति र परिवर्तनको लागि सामाजिक संस्था प्रतापपुर नवलपरासीको छैठौं साधारणसभा तथा दोस्रो नेतृत्व चयन कार्यक्रम सम्पन्न भएको छ । साधारणसभाले संस्थाले विगत एक वर्षमा गरेका सामाजिक गतिविधिको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा वार्षिक लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ ।
सोही अवसरमा संस्थाले १५ बुदे संकल्प पत्र पारित गरेको छ भने आगामी कार्ययोजना समेत सर्वसम्मत पारित भएको संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष दिपक अधिकारीको अध्यक्षता तथा प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवको प्रमुख अतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष यादवले संस्थाले लिएको उद्देश्य तथा लक्ष्य एवं संकल्प पत्रले पनि यस संस्थाले समाजमा भएका विकृति विसंगती लाई निवारण गर्न ठूलो योगदान रहने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले आगामी दिनमा गाउँपालिकाले यस संस्थासंग समाजिक कार्यमा सहकार्य गरेर काम गर्न र संस्थालाई सहयोग गर्ने पनि बताउनुभयो । आफू पनि युवा भएकोले युवाहरुको समस्यालाई नजिक बाट चिनेको बताउँदै अध्यक्ष यादवले समाज परिवर्तनका लागि सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।
संस्थाको नयाँ नेतृत्व पनि चयन भएको छ । १५ सदस्यीय सञ्चालक समितिको अध्यक्षमा आशिष कुमार गुप्ता, उपाध्यक्ष अपसाना खातुन, महासचिवमा दिपक तिवारी, सचिवमा ममता हरिजन, सह–सचिवमा राहुल गुप्ता, कोषाध्यक्षमा सासिकला सिंह क्षेत्री तथा सदस्यहरुमा नविन पंगेनी, बिनिता चौधरी, सितमती हरिजन, बिंदु कुमारी गुप्ता, मिन्तर हरिजन, प्रियंका गुप्ता चयन हुनुभएको संस्थाले जनाएको छ ।
उक्त अवसरमा अप्सना खातुन,पुकार शर्मा, युवा समाजसेवी सिमराम लट्टौला जोशी, एबिसि फिल्ड निरिक्षक सञ्जित शर्मा, बौद्धिक व्यक्तित्व डिल्लीराम काफ्ले लगायतले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।
संस्थाका महासचिव ज्ञानप्रसाद पाठकको स्वागत मन्तव्य, सचिव युवराज मौर्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस