२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

त्रिवेणीमा आधुनिक शबदाह गृह निर्माण गर्न क्षेत्री समाज नवलपरासीद्धारा मुख्यमन्त्रीको ध्यानाकर्षण

२०८० माघ ६, शनिबार प्रकाशित ( महिना अघि) ५६८ पाठक संख्या

परासी, ६ माघ । नवलपरासीको प्रसिद्ध त्रिवेणीघाटमा आधुनिक शवदाह गृह निर्माण गर्न क्षेत्री समाज नेपाल नवलपरासीले पहल थालेको छ । व्यवस्थित र आधुनिक शबदाह गृह निर्माणका लागि क्षेत्री समाजले गण्डकी प्रदेश सरकारको ध्यान आकर्षण गराएको हो ।
त्रिवेणीमा व्यवस्थित रुपमा शबदाह गर्न कठिनाई रहेकोले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई आधुनिक शबदाह गृह निर्माणका लागि आग्रह गर्दै स्थलगत अवलोकन समेत गराइएको क्षेत्री समाज नेपाल नवलपरासीका अध्यक्ष मनोज कुमार कार्कीले जानकारी दिनुभयो । त्रिवेणी गण्डकी प्रदेशमा परेपनि लुम्बिनी प्रदेशबाट अधिक संख्यामा शवदाहको लागि लाने गरिएकोले त्रिवेणीमा आधुनिक शवदाह गृह निर्माणका लागि पहल थालिएको उहाँले बताउनुभयो ।
आधुनिक शवदाह गृह निर्माण भएमा शव जलाउन थोरै दाउरा र समय पनि कम लाग्ने, वातावरण संरक्षण, वन पैदावरको संरक्षण, वातावरणी स्वच्छता तथा त्रिवेणी क्षेत्रको सुन्दरता बढाउन पनि टेवा पुग्ने क्षेत्री समाजका अध्यक्ष कार्कीले बताउनुभयो । गण्डकी प्रदेशका मुख्य पाण्डे, कृषि मन्त्री महेन्द्रध्वज जिसी लगायतको टोलीले शुक्रबार त्यस क्षेत्रको स्थलगत अवलोकन सहित जानकारी लिएको हो । मुख्यमन्त्री पाण्डेले आधुनिक शबदाह गृहको लागि आवश्यक लागत रकमसहितको प्रस्तावना पेश गर्न र प्रदेश सरकारबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको अध्यक्ष कार्कीले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%२%

प्रतिक्रिया दिनुहोस