२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

संविधान दिवसमा सरावल गाउँपालिकाद्धारा दृष्टिविहीनलाई ल्यापटप,स्वास्थ्यकर्मीलाई सम्मान

२०८० आश्विन २, मंगलबार प्रकाशित ( साल अघि) ३९० पाठक संख्या

मोहन पौडेल
परासी, २ असोज । संविधान दिवसको अवसर पारेर पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले संविधान दिवसको औपचारिक कार्यक्रम गर्दै दृष्टिविहीन विद्यार्थीलाई ल्यापटप वितरण तथा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको हो ।
स्वास्थ्य क्षेत्रमा सरावल गाउँपालिका जिल्लामै उत्कृष्ट भएकोले स्वास्थ्य क्षेत्रलाई उत्कृष्ट बनाउन योगदान गर्ने स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुलाई संविधान दिवसको अवसर पारेर सम्मान गरिएको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जानकारी दिनुभयो । केही दिन अघि स्वास्थ्य कार्यालयले गरेको मूल्यांकनमा सरावल गाउँपालिका जिल्लाका सात वटै पालिका मध्ये प्रथम भएको थियो ।
गाउँपालिकाले आज गरेको उक्त कार्यक्रममा पालिकाको स्वास्थ्य शाखा, सात वटै वडाका स्वास्थ्य संस्थाहरु र पालिका अन्तरगत कार्यरत स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरेको हो । गाउँपालिका अध्यक्ष चौधरीले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रलाई थप सृदृढ बनाउँदै सरावलवासीलाई गुणस्तरीय स्वास्थ्य सुविधा प्रदान गर्न आग्रह गर्नुभयो ।
सोही अवसरमा सरावल वडा नं.३ निवासी हाल आदर्श मावि परासीमा अध्ययनरत दृष्टिबिहीन विद्यार्थी शंकर रौनियारलाई गाउँपालिकाले एक थान ल्यापटप वितरण गरेको छ । कक्षा दशमा अध्यनरत रौनियार दृष्टिविहीन भएपनि अध्ययनमा अब्बल र जेहेन्दार भएकोले अध्ययनमा सहजता र प्रोत्साहनको लागि गाउँपालिकाले ल्यापटप सहयोग गरे्को गाउँपालिका अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राको अध्यक्षता तथा पालिका अध्यक्ष चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बासमति हरिजन, वडा अध्यक्षहरु, पत्रकार, कर्मचारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सोही अवसरमा कर्मचारीबीच आयोजना गरिएको कुर्सी दौड प्रतियोगिताका विजयी कर्मचारीलाई सम्मान पनि गरिएको गाउँपालिकाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस