२०८३ बैशाख २६, शनिबार
24 खबर अपडेट

स्रोत नखुलेको नेपाली बीस लाख रुपैँया सहित दुई जना पक्राउ

२०८० भाद्र २३, शनिबार प्रकाशित ( साल अघि) १०७१ पाठक संख्या

मोहन पौडेल
परासी, २३ भदौ । पश्चिम नवलपरासी प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी भुजहवाबाट खेटिएको प्रहरी टोलीले जिल्लाको सरावल गाउँपालिका–७ भुजहवा स्थित झरही खोला पुलबाट स्रोत नखुलेको रु बीस लाख रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा पाल्हीनन्दन–२ हरपुर बस्ने २४ वर्षीय रामपत गुप्ता र सोही ठाउँका ३८ वर्षीय गफ्फार राईन कुजडा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिनुभयो । आज दिउँसो तीन बजेको समयमा भुजहवास्थित झरही खोलाको पुलको बीचमा नम्बर प्लेट नराखिएको शंकास्पद मोटरसाईकलमा सवार दुवै जनालाई प्रहरी टोलीले सोधपुछ गर्दा कम्मरमा पेटीले बाँधेर लुकाई छिपाई राखेको अवस्थामा नेपाली रु बीस लाख फेला परेको प्रहरीले जनाएको छ । स्रोत नखुलेको उक्त रकम बरामद गरि दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%१%१%१%

प्रतिक्रिया दिनुहोस