२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

बर्दघाट–१२ मा प्रहरी चौकी स्थापना गर्न एक दशकदेखि स्थानीयको पहल, दशैँसम्ममा चौकी स्थापना हुने

२०८० भाद्र ११, सोमबार प्रकाशित ( साल अघि) १००२ पाठक संख्या

मोहन पौडेल
परासी, ११ भदौ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं.१२ र १३ का स्थानीय बासिन्दाले भटौलियामा प्रहरी चौकी स्थापना गर्न माग गरेका छन् । उक्त क्षेत्र असुरक्षित बन्दै गएको भन्दै स्थानीयवासीले विगत एक दशकदेखि चौकी स्थापनाका लागि पहल गर्दै आएका हुन् ।
प्रहरी चौकी नहुँदा असुरक्षित भएकोले वर्षाैैँदेखि माग गर्दा पनि सुनुवाई नभएको बर्दघाट–१२ बरगदहीका स्थानीयवासी एवं मदरसा अध्यक्ष जलील अन्सारीले गुनासो गर्नुभयो । पूर्व प्रहरी हवल्दार समेत रहनुभएका अन्सारीले भन्नुभयो, “धेरै अघिदेखि प्रहरी चौकी स्थापनाको माग गरे पनि सुनुवाइ भएको छैन्, दिनहुँ चोरीका घटना भईरहेका छन्, वरपरका प्रहरी कार्यालय टाढा रहेकोले यहाँका नागरिक त्रासमा बाँच्नुपरेको छ”
बजारको रुपमा विस्तार भईरहेको भटौलियाबाट दक्षिणतर्फ आठ किलोमिटरको दुरीमा भारतीय सीमाना, उत्तरतर्फ ८÷९ किलोमिटरको दुरीमा ईलाका प्रहरी कार्यालय बर्दघाट, पूर्वतर्फ ८ किलोमिटकै हाराहारीमा ईलाका प्रहरी कार्यालय सेमरी र पश्चिमतर्फ दश किलोमिटर भन्दा टाढाको दुरीमा जिल्ला प्रहरी कार्यालय रहेकोले पनि भटौलिया क्षेत्रमा प्रहरी चौकीको अत्यन्त आवश्यकता रहेको उहाँले बताउनुभयो ।
चौकी स्थापनाका लागि आफूले काठमाडौँ सम्म पुगेर पहल गरेको तर हालसम्म सुनुवाई नभएको अन्सारीको गुनासो छ । भटौलिया बजार विस्तार हुँदै गर्दा पसल व्यवसायीले सुरक्षाको महशुस गर्न नपाएको, उक्त क्षेत्र हुँदै आवतजावत गर्ने संख्या बढ्दै गएको, दुई पटक साप्ताहिक हाट बजार लाग्ने तथा उद्योगहरु स्थापना हुने क्रम पनि बढेकोले यस क्षेत्रको सुरक्षालाई मध्यनजर गर्दैै प्रहरी चौकी तत्काल स्थापना गर्नुपर्ने अन्सारीले माग गर्नुभयो ।
भटौलिया बजारमा प्रहरी चौकीको स्थापना भएमा बर्दघाटको वडा नं.१२,१३, १४ तथा सरावलको समेत अधिकांश भागमा शान्ति सुरक्षा प्रभावकारी बनाउन सहज हुने स्थानीय बासिन्दा एवं नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका उपमन्त्री सुरज केसीले बताउनुभयो ।
“यहाँ चौकी स्थापनाका लागि हामीले बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा देखि नै पहल थालेका हौँ, सर्वदलिय मार्फत पटकपटक पहल गर्दै आएका छौँ,पछिल्लो पटक चोरी लगायतका घटना बढ्दै जाँदा स्थानीयवासी त्रासमा बाँच्नुपरेको छ, अब दशैँसम्म चौकी स्थापना हुन्छ की भन्ने आशा पलाएको छ”,उहाँले भन्नुभयो ।
पछिल्लो पटक यस क्षेत्रमा चोरीका घटना बढ्दै जाँदा विशेषगरी रातको समयमा असुरक्षाको महशुस स्थानीयवासीले गरिरहेको केसीले बताउनुभयो । चोरी तस्करी नियन्त्रण, लागूऔषध दुव्र्यसनी नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न पनि भटौलियामा प्रहरी चौकी अति आवश्यक रहेको उहाँको भनाई छ ।
चारै तिर रहेका प्रहरी कार्यालय टाढा रहेकोले पनि यस क्षेत्रमा चौकी आवश्यकता रहेको स्थानीयवासीको भनाई छ । प्रहरी चौकी स्थापनाका लागि स्थानीयवासीले जग्गाको व्यवस्थापन पनि गरिसकेका छन् ।
बर्दघाट–१२ स्थित पुर्नवास कम्पनीको नाममा रहेको एक विघा जग्गा मध्ये पाँच कठ्ठा १२ धुर जग्गा जिल्ला प्रहरी कार्यालयको नाममा ल्यार्ईएको छ । प्रहरीको नाममा रहेको जग्गामा संरचना निर्माण हुन समय लाग्ने भएकोले तत्काल प्रहरी बस्नलाई रेडक्रस सोसाईटीको भवन उपलब्ध गराईएको केसीले बताउनुयभो । रेडक्रस भवनलाई मर्मत सम्भार गरि बस्न उपयुक्त बनाईएको छ । उक्त भवनमा दुई कोठा र एक भान्सा कोठा छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यले स्थानीयवासीको माग बमोजिम भटौलियामा अस्थायी प्रहरी चौकी स्थापना गर्ने तयारी भईरहेको दैनिक 24 खबरलाई बताउनुभएको छ । चौकी स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको र दशैँ तिहारसम्ममा उक्त स्थानमा चौकी स्थापना हुने उहाँले बताउनुभयो ।
नयाँ दरबन्दी कायम नभएको र प्रहरी जनशक्तिको कमीका कारण तत्काल चौकी स्थापनामा समस्या भएको एसपी आचार्यले बताउनुभयो । प्रहरीको नाममा रहेको जग्गामा भवन निर्माणका लागि समय लाग्ने भएकोले तत्कालका लागि स्थानीयवासीले उपलब्ध गराएको रेडक्रस भवन मर्मत गरेर जुनियर प्रहरी अधिकृतको नेतृत्वमा प्रहरी परिचालन गरिने उहाँले बताउनुभयो ।

Red

 रेडक्रस भवन,बर्दघाट- १२

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%४%२%

प्रतिक्रिया दिनुहोस