२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

जिल्ला प्रशासन कार्यालय परासीले माग्यो,नदीजन्य पदार्थ उत्खनन्को यथार्थ अनुगमन प्रतिवेदन

२०७८ जेष्ठ १३, बिहिबार प्रकाशित ( साल अघि) ८६६ पाठक संख्या

परासी, १३ जेठ । जिल्ला प्रशासन कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)ले जिल्लाको सुनवल नगरपालिका र सुस्ता गाउँपालिकाका खोलाहरुमा नदीजन्य पदार्थको उत्खनन् र संकलन मापदण्ड बमोजिम भए नभएको प्रतिवेदन पेश गर्न पत्राचार गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिको हस्ताक्षर रहेको पत्र जिल्ला अनुगमन समिति, सुनवल नगरपालिका र सुस्ता गाउँपालिकालाई पठाईएको छ । सुनवलको तुरिया खोला(माथिल्लो खण्ड), पानभार खोला (माथिल्लो खण्ड) र सुस्ताको रायपुरा खोलामा मापदण्ड विपरीत नदीजन्य पदार्थको उत्खनन् र संकलन भईरहेको गुनासो आएपछि जिल्ला प्रशासनले ध्यानाकर्षण भएको जनाएको छ ।
यस सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा मापदण्ड विपरीत खोला उत्खनन् गरिएको भन्दै समाचार प्रकाशित भएको थियो । प्रशासन कार्यालयले ढुंगा, गिटी, बालुवा उत्खनन् तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७, चुरे संरक्षण क्षेत्रमा विकास निर्माण गर्दा अवलम्बन गर्नुपर्ने कार्यविधि तथा मापदण्ड २०७७ र आईईईको स्विकृत मापदण्ड बमोजिम नदीजन्य पदार्थको उत्खनन्, संकलन, भए नभएको सम्बन्धमा यथाशिघ्र अनुगमन गरी प्रतिवेदन पठाईदिन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी माझिले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस