२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

नेपाल समाजवादी युवा संघ नवलपरासीको अध्यक्षमा कुर्मी,५१ सदस्यीय जिल्ला समिति गठन

२०८० भाद्र ३, आईतबार प्रकाशित ( साल अघि) ५५५ पाठक संख्या

मोहन पौडेल
परासी, ३ भदौ । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको भातृ संगठन नेपाल समाजवादी युवा संघ पश्चिम नवलपरासीको अध्यक्षमा दीपक सिंह कुर्मी चयन हुनुभएको छ । नेपाल समाजवादी पार्टी नवलपरासीको आयोजनामा रामग्राम–४ मा सम्पन्न युवाहरुको जिल्ला भेलाले कुर्मीको नेतृत्वमा समाजवादी युवा संघको ५१ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको हो ।
सर्वसम्मत गठीत नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा आश्विनी कुमार गुप्ता, उपाध्यक्षमा रोशन आचार्य, सचिवमा शैलेन्द्र हरिजन, सहसचिवमा दीनेश पासवान लगायत रहनुभएको छ। दीपक सिंह कुर्मीको अध्यक्षता तथा पार्टीका केन्द्रीय सह–अध्यक्ष एवं पूर्व शिक्षा राज्यमन्त्री गोविन्द चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि चौधरीले सबै युवाहरु एकजुट भएर संगठन विस्तारसँगै समाज परिवर्तनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
उक्त अवसरमा नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य एवं संविधानसभा सदस्य चिनक कुर्मी,सुनिता काफ्ले, केन्द्रीय सदस्य वीरेन्द्र हरिजन, केन्द्रीय सदस्य एव जिल्ला अध्यक्ष रोहित सहानी, वरिष्ठ उपाध्यक्ष चन्द्रभुषण पाठक, नेपाल समाजवादी युवा संघका केन्द्रीय उपमहासचिव सद्दाम सेख लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस