२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

प्रतिनिधिसभा सदस्य प्रधानद्धारा पिस पार्कको अवलोकन, संस्कृति र पर्यटनलाई जोडेर विकास गर्नुपर्नेमा जोड

२०८० भाद्र १, शुक्रबार प्रकाशित ( साल अघि) ३६७ पाठक संख्या

मोहन पौडेल
परासी, १ भदौ । नवलपरासी क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री ध्रुबबहादुर प्रधानले गुरुयोजना बनाएर पिस पार्कको विकास गर्नुपर्ने बताउनुभएको छ । रामग्राम नगरपालिका–८ उनवछमा अवस्थित पिस पार्कको आज अवलोकन भ्रमण गर्दै सांसद प्रधानले गुरुयोजना बनाएर अघि बढ्दा सरकार दातृ निकायहरुबाट सहयोग प्राप्त गर्न सहज हुने बताउनुभयो ।
शान्त र हरियाली वातावरणमा रहेको पिस पार्क यस क्षेत्रकै उत्कृष्ट गनतव्य स्थलको रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना देखिएको उहाँले बताउनुभयो । “यति राम्रो ठाउँमा पार्कको शुरुवात भएको रहेछ, विज्ञसहितको एउटा बृहत छलफल राखौँ, सबैको सल्लाह सुझाव लिएर गुरुयोजना बनाएर अघि बढ्दा यसको विकासमा टेवा पुग्छ”,उहाँले भन्नुभयो।

368679955_1718689755313752_5032850825737041473_ndd2

सांसद प्रधानले यस पार्कलाई संस्कृतिसँग जोडेर विकास गर्न सकिने उल्लेख गर्नुभयो। कम्बोडिया, ईण्डोनोसिया लगायतका देशमा संस्कृतिलाई जोडेर सुन्दर पार्कहरु निर्माण गरिएको आफूले प्रत्यक्ष अवलोकन गरेको बताउँदै उहाँले यस क्षेत्रमा पनि यहाँका संस्कृतिलाई जोड्न सकिए संस्कृति पनि संरक्षण हुने र पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने उहाँको भनाई थियो । उहाँले पिस पार्कको विकासका लागि आवश्यक पहल गर्ने बताउनुभयो ।
गत साउन १ गतेबाट सञ्चालनमा आएको पिस पार्क पिस क्लव ईण्टरनेशनले सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ । पार्कको निर्माण र आगामी योजना लगायतका विषयमा क्वलका महासचिव बेचु गौडले सांसद प्रधानलाई जानकारी गराउनुभएको थियो । परासी क्षेत्रमा एउटा पनि पार्क नभएकोले पिस पार्क सञ्चालनमा आएपछि स्थानीय पर्यटकको आकर्षण बढेको छ । पार्कमा घुम्न आउने आन्तरिक पर्यटक बढीरहेको क्लबका महासचिव गौडले बताउनुभयो । लोहसडा आधारभूत विद्यालयले वृक्षारोपण गरेको करिब पाँच विघा क्षेत्रलाई पार्कमा रुपान्तरण गरिएको हो । रामग्राम वडा नं. ८ का वडा अध्यक्ष महेन्द्र ठाकुरले वडाबाट बजेट विनियोजन गरि पिस पार्क निर्माण गर्नुभएको हो । पार्कमा हाल बस्ने सिमेन्टेड बेन्च, ब्लकसहितको फुटपाथ तथा रुखहरु रंगरोगन गरिएको छ । अन्य संरचनाहरु क्रमशः थपिने क्रममा रहेको पिस क्वलले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस