२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

प्रतापपुरको बैदौलीबाट भन्सार छली लुकाईछिपाई राखेको अवैद्य सामान बरामद

२०८० श्रावण ३१, बुधबार प्रकाशित ( साल अघि) ५१६ पाठक संख्या

मोहन पौडेल
परासी, ३१ साउन । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको बैदौलीबाट साढे चार लाख रुपैँया बढीको अवैद्य सामान बरामद गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजस्व अनुसन्धान विभागको संयुक्त टोलीले प्रतापपुर ५ मा पर्ने बैदौलीस्थित ईन्द्रजीत यादवको घरबाट आज दिउँसो अवैद्य सामान बराद गरेको हो ।
भारतबाट भन्सार छलेर ल्याईएका अवैद्य सामान स्थानीय ईन्द्रजीत यादवको घरमा लुकाईछिपाई राखेको गोप्य सूचनाको आधारमा खानतलासी गर्दा रु चार लाख ६८ हजार २०० को अवैद्य सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुई लाख ४८ हजार बराबरको दाँत माझ्ने डाबर मन्जन ६९ कार्टुन तथा रु ६९ हजार बराबरको गोलो एण्ड लब्ली १२ कार्टुन बरामद गरिएको छ । यस्तै रु एक लाख ५१ हजार २०० बराबरको सानो कालो मटर समेत बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय बेलाटारी, सशस्त्र प्रहरी पोष्ट गुठिप्रसौनी र राजस्व अनुसन्धान कार्यालय बुटवलको संयुक्त टोलीले नियन्त्रणमा लिएको उक्त सामान आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाईएको डिएसपी पाण्डेले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस