२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

प्रस्तावित शिक्षा विद्ययेकप्रति असहमति जनाउँदै रामग्राम प्याब्सनद्धारा नगरपालिकाको ध्यानाकर्षण

२०८० श्रावण २४, बुधबार प्रकाशित ( साल अघि) ८१८ पाठक संख्या

परासी, २४ साउन । प्रस्तावित विद्यालय शिक्षा सम्बन्धी विद्ययेकप्रति असहमति जनाउँदै रामग्राम प्याब्सनले रामग्राम नगरपालिकाको ध्यानाकर्षण गराएको छ । नेपाल सरकारले ल्याउन लागेको प्रस्तावित विद्येयक सरोकारवालासँग छलफल नै नगरी निजी विद्यालयप्रति पूर्वाग्रही भएर ल्याउन लागिएको भन्दै रामग्राम प्याब्सनले विरोध जनाएको हो ।
रामग्राम प्याब्सनका अध्यक्ष बलिराम यादवको नेतृत्वमा आज नगर भित्रका निजी विद्यालय सञ्चालकहरुले रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवलाई ज्ञापनपत्र बुझाउँदै प्रस्तावित शिक्षा विद्ययेक संशोधनका लागि पहल गरिदिन माग गरेका हुन् । प्याब्सनका नगर अध्यक्ष यादवले विद्ययेकमा समावेश गरिएका सबै प्रावधानमा नभई कतिपय प्रावधान संविधान विपरित, अन्यायपूर्ण र अव्यवहारिक रुपले ल्याउन लागिएकोले विरोध गर्नुपरेको बताउनुभयो ।
पाँच वर्ष भित्र निजी विद्यालय सार्वजनिक गुठिमा रुपान्तरण हुनुपर्ने बाध्यकारी प्रावधानप्रति आफूहरुको गम्भीरु ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । हाल सार्वजनिक तथा निजी गुठि अन्तरगत सञ्चालित विद्यालयहरु नै समस्याग्रस्त रहेको अवस्थामा शैक्षिक गुठि दर्ता तथा सञ्चालन सम्बन्धमा विद्ययेकमा स्पष्टता नरहेको उहाँले बताउनुभयो । हुवहु विद्ययेक पारित भएमा निजी लगानीका विद्यालयहरुको वृद्धि, विकास, सुरक्षा, संरक्षण र सम्बद्र्धन असम्भव मात्र नभई त्यस्ता विद्यावलयहरु नै बन्द हुने अध्यक्ष यादवले दाबी गर्नुभयो ।
प्रस्तावित विद्ययेक संसदमा पेश हुनु अगावै निजी विद्यालयलाई लक्षित गरि ल्याईएका विभेदकारी प्रावधानको उचित सम्बोधन नभएमा देशभरीकै निजी विद्यालयहरु बन्द गरि थप आन्दोलनका कार्यक्रम गर्नु बाहेक विकल्प नभएको प्याब्सनका कार्यबाहक नगर सचिव जनार्दन ठाकुरले बताउनुभयो । उहाँले सरकारले आफ्ना मागहरु सम्बोधनमा चासो नदेखाए केन्द्रीय निर्देशन अनुसार रामग्रामका निजी विद्यालय पनि साउन २८ गतेदेखि अनिश्चितकालका लागि बन्द गरिने बताउनुभयो ।
ज्ञापनपत्र बुझ्दै रामग्राम नगर प्रमुख धनपत यादवले निजी विद्यालयका जायज मागहरुप्रति स्थानीय सरकारको पनि साथ रहेको तर विद्यालय बन्द गर्ने निर्णयमा पुनःविचार गर्न आग्रह गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस