२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

नवलपरासीमा चक्कु प्रहारबाट मन्दिरका पुजारी घाईते

२०८० श्रावण १८, बिहिबार प्रकाशित ( साल अघि) ७२४ पाठक संख्या

मोहन पौडेल
परासी, १८ साउन । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–२ मा पुजारी माथी चक्कु प्रहार भएको छ । स्थानीय रामजानकी मन्दिरका पुजारी ५५ वर्षीय जयसराज पाण्डे माथी अज्ञात व्यक्तिले चक्कु प्रहार गरि घाईते बनाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार आज दिउँसो साढे तीन बजेको समयमा पाल्हीनन्दन गाउँपालिकाको वडा नं.२ भक्सिपुरस्थित हरपुर माविको पछाडि रहेको रामजानकी मन्दिरका पुजारी पाण्डेलाई अपरचित व्यक्तिले टाउकोमा चक्कु प्रहार गरि घाईते बनाएको हो ।
दुई वर्षदेखि उक्त मन्दिरमा पुजारीको काम गर्दै आएका पाण्डे माथी अपरिचित व्यक्तिले चक्कु प्रहार गरि उनको साथमा रहेको मोबाईल समेत लुटेर फरार रहेको जिल्ला प्रहरी कार्यालय परास्ीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो ।
चक्कु प्रहारबाट घाईते पाण्डेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भईरहेको छ। चक्कु प्रहार गरि फरार रहेका व्यक्तिको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%७%

प्रतिक्रिया दिनुहोस