२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

सिटिजन्स बैंकका ग्राहकले बर्दघाटको रुरु त्रिवेणी डेन्टल क्लिनिकमा छुट पाउने, समझदारी पत्रमा हस्ताक्षर

२०८० बैशाख ६, बुधबार प्रकाशित ( साल अघि) ८२७ पाठक संख्या

जीवन न्यौपाने
बर्दघाट, ६ वैशाख । सिटिजन्स बैंक ईण्टनरनेशनल लिमिटेडका ग्राहकले पश्चिम नवलपरासीको रुरु त्रिवेणी डेन्टल क्लिनिक प्रालिद्धारा छुट पाउने भएका छन् । बैंकको १६ औं बार्षिक उत्सवको अवसर पारेर आज सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र रुरु त्रिवेणी डेन्टल क्लिनीक बर्दघाट नवलपरासीबीच आज उक्त बैंकका कार्डबाहाक ग्राहकलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पत्रमा सिटिजन्स बैंक इन्टरनेसनलको तर्फबाट उक्त बैंकका लुम्बिनी प्रदेश प्रमुख प्रदिप कुमार क्षेष्ठ र रुरु त्रिवेणी डेन्टल क्लिनिकको तर्फबाट संचालक हिमकुमार खनालले हस्ताक्षर गर्नुभयो ।
ऋब सिटिजन्स बैंकका कार्डबहाक ग्राहकहरुले रुरु त्रिवेणी डेन्टल क्लिनिकका सेवाहरुमा बीस देखि पच्चिस प्रतिशतसम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने तथा नगद कारोवारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरीत हुने विश्वास बैंकले लिएको प्रदेश प्रमुख श्रेष्ठले बताउनुभयो ।
बैंकले आफ्नो १६ औं बार्षिक उत्सवको अवसरमा विविध कार्यक्रम गर्दै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट १५ लाख चालिस हजार भन्दा बढी ग्राहकलाई आधुनक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ।
यसैबीच सिटिजन्स बैंकको वार्षिक उत्सवको अवसरमा बर्दघाट शाखाले आज रक्तदान कार्यक्रम गरेको छ। कार्यक्रममा २५ पुरुष र पाँच जना महिला गरी ३० जनाले रक्तदान गरेका थिए । कार्यक्रममा  नेपाल रेडक्रस सोसाईटी बर्दघाट उपशाखाको सहकार्य एवं नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको रक्तसञ्चार केन्द्र परासी, स्वास्थ्यकर्मी जीवन न्यौपाने र सहिद स्मृत्ति सामुदायिक अस्पताल चौपत्ताका स्वास्थ्यकर्मीको प्राविधिक सहयोग रहेको थियो ।

Ct2

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%

प्रतिक्रिया दिनुहोस