२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

रामग्राम जेसीज र रामग्राम महिला जेसीजद्धारा संघीय मन्त्री प्रधानलाई स्वागत तथा बधाई ज्ञापन

२०७९ माघ १०, मंगलबार प्रकाशित ( साल अघि) ३५६ पाठक संख्या

मोहन पौडेल
परासी, १० माघ । नेपाल सरकारका नवनियुक्त कानून,न्याय तथा संसदीय मामिला मन्त्री ध्रुबबहादुर प्रधानलाई गृहजिल्ला पश्चिम नवलपरासीमा भव्य स्वागत गरिएको छ । पश्च्मि नवलपरासी क्षेत्र नं. २ बाट निर्वाचित मन्त्री प्रधान मन्त्री नियुक्ती भएपछि पहिलो पटक गृहजिल्ला आएको अवसरमा उहाँको गृहनगर रामग्राम परासीमा आज विहान रामग्राम जेसीज र रामग्राम महिला जेसीजले संयुक्त रुपमा स्वागत कार्यक्रम गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।
उक्त अवसरमा सम्बोधन गर्दै मन्त्री प्रधानले यूवा नेतृत्व उत्पादन गर्दै समाज विकासमा जेसीजको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले यूवामैत्री कानून निर्माणमा आफूले भूमिका खेल्ने बताउनुभयो । मन्त्री प्रधानले मुलुकको हीत हुने गरी आफूले काम गर्ने बताउँदै जिल्लावासीको शीर निहुरिन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा रामग्राम जेसीज वर्ष २०२३ का अध्यक्ष बेनीमाधव बस्याल, रामग्राम महिला जेसीज वर्ष २०२३ की अध्यक्ष जोगमाया चौधरी लगयातले बोल्दै यूवामैत्री कानून निर्माण गर्न र कानूनको कारणले अन्याय नहुने खालका कानून निर्माणमा सक्रिय भूमिका खेल्न आग्रह गर्नुभएको रामग्राम जेसीजका महासचिव विष्णुराज रावले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस