२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा भारतीय तीर्थ यात्रु बोकेको बस पल्टिँदा ४५ जना घाइते

२०७९ माघ ७, शनिबार प्रकाशित ( साल अघि) ३२६ पाठक संख्या

मोहन पौडेल
परासी, ७ माघ । पश्चिम नवलपरासीको महेशपुर-त्रिवेणी सडक खण्डमा तिर्थालु बोकेको भारतीय बस पल्टिँदा ४५ जना यात्रु घाइते भएका छन् । घाइते मध्य एकको अवस्था गम्भीर छ ।
पाल्हीनन्दन गाउँपालिका-१ रम्पुरवास्थित झरहीखोला नजिकै त्रिवेणीबाट भारततर्फ जाँदै गरेको यूपी १६एफटी ७४६६ नम्बरको बसको स्टेरिङ्ग फेल हुँदा अनियन्त्रित भई बाटो देखि दस मिटर तल घोलामा पल्टिएको हो ।
आज बिहान साढे ११ बजे भएको उक्त दुर्घटनामा घाइते यात्रुहरुको पृथ्वी चन्द्र अस्पताल परासीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो ।
बसमा ६०/६५ जना यात्रु सवार थिए । अन्य यात्रुहरूलाई गन्तव्य तर्फ पठाईएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस