२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

नवलपरासी टेलरिङ्ग व्यवसायी संघको अध्यक्षमा देवान निर्वाचित

२०७९ माघ ६, शुक्रबार प्रकाशित ( साल अघि) ४५५ पाठक संख्या

मोहन पौडेल
परासी, ६ माघ । नवलपरासी टेलरिङ्ग व्यवसायी संघको अध्यक्षमा पुनः राजु देवान निर्वाचित हुनुभएको छ । संघको आज परासीमा सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले देवानको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
नवगठित जिल्ला कार्य समितिको वरिष्ठ उपाध्यक्षमा लालबहादुर सहानी, उपाध्यक्षमा कृष्णबहादुर थापा मगर र जीतेन्द्रप्रसाद अग्रहरी, महासचिवमा रामकेवल यादव, सचिवमा जगलाल दुषाध र कोषाध्यक्षमा दीलमाया चौधरी निर्वाचित हुनुभएको निर्वाचन आयुक्त एवं रामग्राम जेसीजका पूर्व अध्यक्ष नारायण सुवेदीले जानकारी दिनुभयो ।
यसैगरी समितिको सदस्यहरुमा यार मोहम्मद देवान, सुरेश कोंहार, सन्तोषी धरिकार, रेखा चौधरी, सम्शेर अन्सारी, धर्मेन्द्र सहानी लगायत रहनुभएको छ ।

Raju 2

यसअघि संघको साधारणसभा तथा अधिवेशन उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले टेलरिङ्ग व्यवसायीको हकहितका लागि सबै व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
संघका जिल्ला अध्यक्ष राजु देवानको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रदेशसभा सदस्य जयसवालले सिलाई व्यवसायीको हकहितका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । नेपाल टेलरिङ्ग व्यवसायी महासंघका केन्द्रीय सहकोषाध्यक्ष प्रताप परियारले सिलाई व्यवसायीको अधिकार र हकहितप्रति राज्य उदासिन रहेको बताउनुभयो ।
उक्त अवसरमा जिल्ला समन्वय समिति नवलपरासीका पूर्व प्रमुख शिवशंकर राय, नवलपरासी उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेश गुप्ता, नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सन्दिप अग्रहरी, रामग्राम जेसीज २०२२ का अध्यक्ष अनिल उपाध्याय, रामग्राम महिला जेसीज २०२२ की अध्यक्ष अनिता दवाडी तिवारी, रामग्राम २ का पूर्व वडा अध्यक्ष चन्द्रीका अग्रहरी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस