२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

नवनियुक्त कानुनमन्त्री प्रधानद्धारा पदभार ग्रहण

२०७९ माघ ३, मंगलबार प्रकाशित ( साल अघि) ३५२ पाठक संख्या

नवलपरासी,३ माघ । नवनियुक्त कानुन,न्याय तथा संसदीय मन्त्री धुव्रबहादुर प्रधानले पदभार ग्रहण गर्नुभएको छ ।
मंगलबार मध्यान्ह शीतल निवासमा सपथ ग्रहण गरेलगत्तै सिंहदरबार पुगेर प्रधानले पदभार ग्रहण गर्नु भएको हो ।

Received_707473514359317

पदभार ग्रहण गर्दै कानुनमन्त्री प्रधानले अन्य मन्त्रालयहरुले बनाउनु पर्ने आवश्यक कानुनबारे जानकारी गराउन अन्य मन्त्रालयहरुलाई चिठी लेख्ने पहिलो निर्णयलाई सदर गर्नुभयो ।

Screenshot_20230117 165349_YouTube

नवनियुक्त मन्त्री प्रधानको काँधमा अब संसदबाट अनुमोदन हुने कानुनको मस्यौदा निर्माण गर्नुुपर्ने मूल दायित्व छ ।
२३ वर्ष लामो प्रयासपछि सांसद जितेका पूर्व प्रहरी महानिरीक्षक प्रधान मन्त्री नै बन्नुभयो । राप्रपाका केन्द्रीय उपाध्यक्ष रहेका प्रधान प्रहरी सेवामै हुँदा पनि हक्की स्वभावका अफिसरका रुपमा परिचित हुनुहुन्थ्यो ।प्रधान राप्रपाबाट मन्त्री बन्नु भएको हो । प्रधान पश्चिम नवलपरासी क्षेत्र नं.२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।

Received_895241958500042

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस