२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

भुमही नजिकै बस र कार ठक्कर खाँदा एक जनाको मृत्यु,पाँच घाइते

२०७९ माघ २, सोमबार प्रकाशित ( साल अघि) २३२६ पाठक संख्या

मोहन पौडेल
परासी, २ माघ । पश्चिम नवलपरासीको भूमही नजिकै बस र कार ठक्कर खाँदा एक जनाको ज्यान गएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
मृत्यु हुनेमा कार चालक अर्घाखाँची स्थायी घर भई हाल<span;> कपिलवस्तुको वाणगंगा नगरपालिका -८  मधुवन बस्ने ३६ वर्षीय ईन्द्रमणी पौडेल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भीर घाइते पौडेलको उपचारको लागि परासीस्थित पृथ्वी चन्द्र अस्पताल ल्याईएकोमा दिउँसो २ बजे अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय परासीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
भूमही- परासी सडक खण्ड अन्तरगत सुनवल-१२ भूमही नजिकै दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको लु २ ख १२२६ नं. को बस र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१-०२५ च ३८९७ नं. को कार आज दिउँसो साढे एक बजेको समयमा एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाइते भएका कारमा सवार यात्रुहरूको प्रहरीले उद्धार गरि उपचारको लागि अस्पताल पुर्याएको थियो ।
घाइते हुनेमा कारमा सवार कपिलवस्तु वाणगंगा- ८ मधुवन बस्ने ३१ वर्षीय पुर्ण बहादुर राना,सोही ठाउँ निवासी २८ वर्षीय मनोज कुमार परियार, नवलपरासी (पुर्व) बुलिङटार गाउँपालिका बस्ने २८ वर्षीय गंगा गोदामी,नवलपरासी (पुर्व) कावासोती नगरपालिका देउराली बस्ने १८ वर्षीय डल बहादुर बराल र अर्घाखाँची सितगंगा नगरपालिका -६ भई हाल रुपन्देही सालझण्डी बस्ने ३८ वर्षीय खेम बहादुर रेश्मी घाइते छन् । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ । बसमा सवार यात्रुहरू भने सकुशल छन् । बसका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१३%३%

प्रतिक्रिया दिनुहोस