२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सरावलमा टेक्टर दुर्घटना हुँदा छ जना घाइते,एकको अवस्था गम्भीर

२०७९ माघ १, आईतबार प्रकाशित ( साल अघि) ३८४ पाठक संख्या

मोहन पौडेल
परासी, १ माघ । परासी – नारायण चोक हुलाकी सडक अन्तरगत पश्चिम नवलपरासीको सरावलमा टेक्टर दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय परासीका निमित्त प्रमुख भोजराज पाण्डेका अनुसार आज साझ करिब साढे ५ बजेको समयमा सरावल गाउँपालिका-३ पिपरामौवामा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु ५ त ९९४ नम्बरको टेक्टर आफै अनियन्त्रित भई सडकको दाहिने साईडको कुलोमा पल्टिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि टेक्टरमा सवार ६ जना घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था गम्भीर छ । घाइतेको उपचारको लागि परासीस्थित पृथ्वी चन्द्र अस्पतालमा ल्याएको थियोे ।
गम्भीर घाइते सरावलकै बसही निवासी २२ वर्षीय सन्दिप चौधरीलाई थप उपचारको लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको छ । चौधरीको शरीरको बिभिन्न भागमा चोट लागेको छ ।
यस्तै दुर्घटनामा परि घाइते सोही स्थान बस्ने १७ वर्षीया  लक्ष्मी कुमारी चौधरी,१८ वर्षीया अञ्जली चौधरी,१९ वर्षीया बिध्या चौधरी, १९ वर्षीया दिपिका चौधरी र २५ वर्षीय कुल बहादुर थारुलाई उपचार पछि घर पठाईएको डिएसपी पाण्डेले दैनिक 24 खबरलाई जानकारी दिनुभयो । टेक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस