२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पश्चिम नवलपरासीका सीडीओले घरघरमै पुगेर बाँडे विपन्न नागरिकलाई न्यानो कपडा

२०७९ पौष २६, मंगलबार प्रकाशित ( साल अघि) ११३५ पाठक संख्या

मोहन पौडेल
परासी, २६ पुस । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले घरघरमै पुगेर शीतलहरबाट प्रभावित ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्नुभएको छ । चिसो तथा शीतलहर बढ्दै गएपछि आज विहानै प्रजिअ पोखरेलसहितको टोलीले जिल्लाको रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिकाका विपन्न दलित वस्तीका असक्त, ससहाय तथा विपन्न ज्येष्ठ नागरिकलाई घरमै पुगेर न्यानो कपडा स्वरुप कम्बल र टिसर्ट वितरण गरेको हो ।
रामग्राम नगरपालिकाको वडा न.. १ स्थित सहुवाटिकरका २०, वडा नं. ७ उजैनीका दुई र पाल्हीनन्दन गाउँपालिकाको वडा नं. ३ स्थित बेलाशपुर दलित तथा मुस्लिम बस्तीका १९ जना अतिविपन्न नागरिकलाई आज कम्बल तथा टिसर्ट वितरण गरेको प्रजिअ पोखरेलले दैनिक24 खबरलाई जानकारी दिनुभयो ।
शीतलहर प्रभावित वास्तविक विपन्न ज्येष्ठ नागरिकलाई चिसोबाट बचाउन घरघरमै पुगेर न्यानो कपडा वितरण गरेको उहाँले बताउनुभयो । परिवारमा अन्य कोही नभएका तथा किनेर न्यानो कपडा लगाउन नसक्ने विपन्न नागरिकलाई न्यानो कपडा उपलब्ध गराएको उहाँले बताउनुभयो ।
सीडीओ नै घरघरमा आएर न्यानो कपडा बाँड्दा स्थानीय ज्येष्ठ नागरिकहरु खुशी भएका थिए । जिल्लाका विपन्न नागरिकलाई चिसोबाट जोगाउन थप एक हजार कम्बल खरिद गरेर वितरण गर्ने उहाँले बताउनुभयो । शीतलहरबाट नागरिकलाई जोगाउन स्थानीय तह तथा सम्बन्धित सबैलाई सहकार्यको लागि प्रजिअ पोखरेलले आह्वान पनि गर्नुभएको छ ।

1

 

2

 

3

 

4

5

 

6

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%७%

प्रतिक्रिया दिनुहोस