२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा ‘टाइम कार्ड’ लागु गर्ने तयारी

२०७९ पौष २२, शुक्रबार प्रकाशित ( साल अघि) ५२५ पाठक संख्या

परासी,२२ पुस। उपप्रधान तथा गृहमन्त्री रबी लामिछानेको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा ‘टाइम कार्ड’ लागू गर्ने तयारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले दिने सेवालाई थप सरल र प्रभावकारी बनाउन टाइम कार्ड लागु गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
कुन सेवालाई कत्ति सयमभित्र दिइसक्ने भनेर कागजातका आधारमा ‘टाइम कार्ड’ लागु हुने उहाँले बताउनुभयो । यस विषयमा जिल्ला प्रशासन कार्यालयले आज कार्यालयका कर्मचारीसँग छलफल पनि गरेको छ । आजको छलफलले कर्मचारीलाई उक्त सेवाको लागि तयार रहन आग्रह गर्दै शाखागत रुपमा समय निर्धारण गर्न भनिएको थियोे ।
आईतवार थप छलफल गरि टाईम कार्ड लागू गर्ने निर्णय लिईने प्रजिअ पोखरेलले बताउनुभयो ।
कागजात पुगेको वा नपुगेको चेक गरेर टाइम कार्ड दिइने सहायक प्रजिअ प्रकाश देवकोटाले बताउनुभयो ।
आवश्यक कागजात पुगेको अवस्थामा कति समय भित्र सेवाग्राहीलाई सेवा दिन सकिन्छ भनेर कर्मचारीसँग सुझाव मागिएको छ ।
प्रशासनबाट प्रदान गरिने नागरिकता, राहदानी,पेन्सन,नाबालकको प्रमाणपत्र,राष्ट्रिय परिचयपत्र, मुद्दाको पेशी र तारेख, प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दाको फैसला लगायतका सेवाहरुको छुट्टाछुट्टै समय निर्धारण हुने सहायक प्रजिअ देवकोटाले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस