२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पाल्हीनन्दन-६ का किशोर किशोरीको लागि उद्घोषण तालिम सञ्चालन

२०७९ पौष २, शनिबार प्रकाशित ( साल अघि) ४०४ पाठक संख्या

परासी, २ पुस । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ मा आजदेखि उद्घोषण तालिम शुरु भएको छ । स्थानीय किशोरकिशोरीलाई लक्षित गरि आयोजना गरिएको तालिम ६ नम्बर वडा कार्यालयको सहयोग र आवाज मिडिया नेटवर्कको आयोजनामा सञ्चालन गरिएको हो ।
दुई दिन सञ्चालन हुने तालिममा वडा भित्रका ५७ जना किशोर किशोरीहरुको सहभागिता रहेको कार्यक्रम संयोजक सन्दिप कुमार यादवले बताउनुभयो । तालिमको प्रमुख प्रशिक्षक दैनिक 24 खबर अनलाइनका सञ्चालक एवं सम्पादक मोहन पौडेल रहनु भएको छ ।
तालीम पश्चात क्षमता अभिवृद्धी , वोल्ने कलाको विकास र नेतृत्वमा युवाहरु अगाडी आउने विश्वास गरिएको वडा अध्यक्ष कृष्णचन्द्र यादवले बताउनुभयो ।
तालीमले गांउ समाजमा हुने सामान्य कार्यक्रम देखि ठुला ठुला कार्यक्रम संचालनमम सहयोग पुग्ने अपेक्षा राखेको कार्यपालिका सदस्य अनिता सहानीले बताउनुभयो ।
किशोर किशोरीहरुका लागी वोल्ने क्षमता , कार्यक्रम संचलान लगायतका विषयमा जानकारी दिने उदेश्यले तालीमको आयोजना गरिएको कार्यक्रम संयोजक यादवले बताउनुभयो ।  तालीम पश्चात उनीहरुको वोल्ने कलाको विकास हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%५%

प्रतिक्रिया दिनुहोस