२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

शीतलहरबाट जोगाउन पश्चिम नवलपरासीमा थालियो पूर्व तयारी

२०७९ मंसिर २८, बुधबार प्रकाशित ( साल अघि) १२०८ पाठक संख्या

मोहन पौडेल
परासी, २८ मंसिर । जाडो तथा शीतलहरबाट हुन सक्ने सम्भावित विपदबाट जोगाउन पश्चिम नवलपरासीमा पूर्व तयारी शुरु भएको छ। चिसो मौसम शुरु भएपछि आज जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आवश्यक पूर्व तयारीमा जुट्ने निर्णय गरेको हो ।
समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको अध्यक्षता तथा जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय तथा सरोकारवाला निकायका प्रतिनिधिहरु सहभागि बैठकले शीत लहर आपतकालिन कार्ययोजना २०७९ पारित गरी लागू गर्ने निर्णय गरेको छ । पश्चिम नवलपरासीसहित तराईका जिल्लामा चिसो मौसमसँगै शीतलहरका कारण विशेषगरी विपन्न, गर्भवती महिला, बालबालिका तथा ज्येष्ठ नागरिक प्रभावित हुने भएकोले लक्षित वर्गलाई जोगाउन आवश्यक तयारीमा जुटेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार सम्भावित विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि जिल्लाका विभिन्न स्थानमा सामूहिक धुनी(आगो ताप्ने) प्रबन्ध मिलाउन डिभिजन वन कार्यालयले न्यूनतम शुल्कमा दाउरा उपलब्त्र गराउनेछ । कम्बल लगायत न्यानो कपडा प्रबन्धको लागि न्यूनतम स्टक तयार गर्ने निर्णय गरिएको छ ।
शीतलहरबाट बच्ने उपायको बारेमा सञ्चारमाध्यमहरुबाट सन्देशमूलक सूचनाहरु प्रकाशन तथा प्रसारण गर्ने एवं शीतलहरको समयमा सडक यात्राको क्रममा दुर्घटनाको जोखिम हुने भएकोले सवारी साधनहरुमा फग्गी लाईटको अनिवार्य व्यवस्था मिलाउन यातायात व्यवसायीहरुलाई अनुरोध गरिएको छ । साथै विद्यार्थीहरुको स्कुल झोलामा रिफ्लेक्टिभ टेप वा स्टीकर टाँस्ने निर्णय गरिएको प्रजिअ पोखरेलले बताउनुभयो । बैठकले जिल्ला प्रशासन कार्यालयबाट चालु आर्थिक वर्षको साउनदेखि मंसिर सम्ममा विपद् प्रभावित २० परिवारलाई वितरण गरिएको रु ९२ हजार अनुमोदन गरेको छ ।
शीतलहरको प्रभाव न्यून गर्ने पूर्वतयारीको कार्यमा सवै पक्ष लाग्नुपर्नेमा जोड दिँदै लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले दैवी प्रकोप उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्न स्थानीय तह तथा सरोकारवाला संघ संस्थालाई आग्रह गर्नुभयो ।
शीतहलरबाट बच्नको लागि न्यानो कपडाको व्यवस्थापन, शीतलहरको समयमा घरबाहिर खुल्ला स्थानमा धेरै समय नबस्ने,बस्नु परे न्यानो कपडा लगाउने, घरबाहिर सुत्दा छाती तथा टाउको ढाकेर सुत्दा चिसोबाट जोगिन सक्ने जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले बताउनुभयो ।

20

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस