२०८३ बैशाख १७, बिहिबार
24 खबर अपडेट

समानुपातिक सांसद छनौटमा पोखरेल नपरेपछि एमालेका स्थानीय नेता कार्यकर्ता असन्तुष्ट

२०७९ मंसिर २६, सोमबार प्रकाशित ( साल अघि) १५५२ पाठक संख्या

परासी, २६ मंसिर । समानुपातिक सांसद चयन गर्दा नेकपा एमालेका पूराना नेता खिमलाल पोखरेलको नाम नपरेपछि एमालेका स्थानीय नेता कार्यकर्ता असन्तुष्ट बनेका छन् । पार्टीको सचिवालयले गरेको निर्णय तत्काल सच्चाएर पूराना नेता पश्चिम नवलपरासीको सरावल निवासी केन्द्रीय सल्लाहकार पोखरेललाई समानुपातिक सांसद बनाउन स्थानीय कार्यकर्ताले माग गरेका छन् ।
पश्चिम नवलपरासीको सरावलस्थित एमालेका जिल्लादेखि तल्लो तहसम्मका नेता कार्यकर्ताले आज एक विज्ञप्ति जारी गर्दै समानुपातिक सांसद चयनमा असन्तुष्टि जनाएका हुन् । एमालेका पूराना नेता खिमलाल पोखरेल २०२३ सालदेखि कम्युनिष्ट पार्टीमा आवद्ध हुनुहुन्छ । ७४ वर्षीय पोखरेलको सदस्यता न..११९ रहेको छ ।
पार्टीले दिएको जिम्मेवारी सक्रियतापूर्वक निर्वाह गर्दै एमालेको धरोहरको रुपमा रहनुभएका पोखरेलको नाम यसपटकको निर्वाचनमा समानुपातिक तर्फ खस आर्य कलस्ष्टरको पाँचौ नम्बरमा भएपनि पार्टीको नेतृत्व तहले जानी जानी पोखरेलको नाम काटेको एमाले नेता नारायण पाण्डेले बताउनुभयो ।
पार्टीमा निष्ठापूर्वक लागि लामो योगदान गर्दै आउनुभएका पोखरेलको नाम नपर्दा स्थानीय कार्यकर्तामा नैराश्यता र वितुष्णा जागेको विज्ञप्तिमा उल्लेख गरिएको छ । भारतमा प्रवासी नेपाली संघको स्थापना हुँदा संस्थापक सदस्य रहनुभएका पोखरेलले हालसम्म लाभको पदमा बस्ने अवसर पाउनुभएको छैन् । उहाँ जस्ता ईमान्दार कार्यकर्ताको पार्टीले मूल्यांकन गर्न नसकेको स्थानीय एमाले नेताहरुको गुनासो छ ।
एमाले जिल्ला सचिवालय सदस्य देवराज श्रेष्ठ, जिल्ला सदस्य नारायण पाण्डे, भिमकला भट्टराई, प्रदेश विभाग सदस्य देवराज चौधरी, मिनराज पन्त, चोलाकान्त पौडेल, बालकृष्ण लामिछाने, सरावल उपाध्यक्ष देवेन्द्र भट्टराई लगायत एमालेका स्थानीय २८ जना कार्यकर्ताद्धारा जारी विज्ञप्तिमा पोखरेलको नाम समानुपातिक सांसदको सूचीमा समावेश गर्न माग गरिएको छ ।
विज्ञप्ति

1

2

3

4

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%१%२%१%३%

प्रतिक्रिया दिनुहोस