२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सम्मान र अन्तरक्रिया सहित रामग्राममा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन

२०७९ मंसिर २३, शुक्रबार प्रकाशित ( साल अघि) ५४६ पाठक संख्या

मोहन पौडेल
परासी, २३ मंसिर । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुक्रबार समापन गरिएको छ । नगरपालिकाले आज सरोकारवालाहरुसँग अन्तरक्रिया, सम्मान कार्यक्रम गर्दै अभियानको समापन गरेको हो ।
अभियान समापन कार्यक्रमको अवसरमा समतामूलक र सभ्य समाज निर्माणमा योगदान गरेका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानीत हुनेमा यौनिक तथा अल्पसख्यक समुदायको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याए बापत शसक्तीकरण नेपाल परासीकी अस्मिता राना मगर, श्रीमान श्रीमती ज्येष्ठ नागरिकबाट रामग्राम १ निवासी ११२ वर्षीय शंकर यादव र १०० वर्ष पार गर्नुभएकी सुन्दरी यादवको जोडि, आदर्श मावि परासीस्थित दृष्टिविहीन स्रोत कक्षामा अध्यनरत शंकर रौनियारलाई सम्मान पत्र तथा पोशाकसहित सम्मान गरिएको रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले जानकारी दिनुभयो ।
शसक्तीकरण नेपालकी रानाले आफ्नो संरक्षणमा १५।२० जना उक्त समुदायका सदस्यहरुलाई अभिभावकको रुपमा संरक्षण र पालनपोषण गर्दै आउनुभएको छ दृष्टिबिहीन विद्यार्थी रौनियारको प्रतिभाको कदर गर्दै सम्मान गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर चौधरीले समातामूलक र सभ्य समाज निर्माणका लागि हिंसा सहेर बस्न नहुनेमा जोड दिनुभयो । हिंसा गर्ने भन्दा सहने झन अपराधि हुने भन्दै उहाँले हिंसाको महशुस हुने वित्तिकै प्रतिकार गर्न आग्रह गर्नुभयो । उहाँले महिला, पुरुष र तेस्रो लिंगी समुदाय सबै हिंसाबाट पीडित रहेको बताउँदै र्हिंसा अन्त्यका लागि आफू र आफ्नो घरबाटै शुरुवात गरेमा मात्र न्यूनीकरण हुने बताउनुभयो ।
उक्त अवसरमा कार्यपालिका सदस्य नानूकुमारी खड्का, जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलकी प्रमुख भीमकुमारी राना, नमूना महिला समाजकी अध्यक्ष सरिता पौडेल,शसक्तीकरण नेपालकी अस्मिता राना, रामग्राम नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख तारादेवी अर्याल, लघु उद्यम विकास शाखाकी प्रमुख नर्वदा हरिजन, पत्रकार गौरीशंकर जयसवाल लगायतले बोल्दै हिंसा न्यूनीकरणका लागि सचेत र सचेतना आवश्यक रहेकोमा जोड दिनुभएको थियो । १६ दिनसम्म विभिन्न रचनात्मक कार्यक्रमका साथ अभियान सम्पन्न गरिएको महिला तथा बालबालिका शाखाकी प्रमुख अर्यालले बताउनुभयो ।

तस्बीर – मोहन पौडेल/दैनिक24 खबर

 

003

3

04

02

 

0

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस