२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

प्रतिष्ठानको नाममा ठगी गर्ने दुई जनालाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाईयो

२०७९ मंसिर १९, सोमबार प्रकाशित ( साल अघि) ७१६ पाठक संख्या

मोहन पौडेल
परासी, १९ मंसिर । लोक तथा दोहोरी गीत प्रतिष्ठानको नाममा ठगी गर्ने दुई जनालाई प्रहरीको जिम्मा लगाईएको छ । प्रतिष्ठानको केन्द्रीय सदस्य हुँ भन्दै क्यान्सर पीडितको सहयोगार्थ चन्दा उठाउँदै आएका दुई जना व्यक्तिलाई आज पश्चिम नवलपरासीको भूमहीबाट नियन्त्रणमा लिई प्रहरीलाई आवश्यक कारबाहीको लागि प्रहरीलाई बुझाईएको हो ।
प्रतिष्ठानको साधारण सदस्य पनि नरहेको व्यक्तिले प्रतिष्ठानको नाममा चन्दा संकलन गरि ठगी गरिरहेकाले भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय सुनवलमा बुझाएको प्रतिष्ठानका जिल्ला अध्यक्ष भरत क्षेत्रीले दैनिक 24 खबरलाई जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा बागलुङ गल्कोटका अशोक कुँवर र उनका सहयोगी अशोक बिक रहेका छन् ।उनीहरूले बागलुङ नगरपालिका -१ दुदिलाभाटीकि क्यान्सर पीडित राधिका कुँवरको उपचारको लागि भन्दै आर्थिक सहयोग माग्दै हिँडिरहेका थिए । चन्दा संकलन गर्दै भूमही आएका दुवैलाई प्रतिष्ठानका जिल्ला अध्यक्ष क्षेत्रीले सोधपुछ गर्दा प्रतिष्ठानको सदस्य नभएको पाईएपछि ठगी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो । कुँवरले  दैनिक ५०० रुपैयाँ दिने शर्तमा आफू सँगै हिँडेको विकले बताएका थिए । दुवैजना विरुद्ध आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%३%

प्रतिक्रिया दिनुहोस