२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पत्रकार महासंघलेे भन्यो – नगरपालिकाको आरोप खेदजनक, कमजोरी लुकाउन सञ्चारकर्मीलाई दोष लगाईयो

२०७८ बैशाख ३०, बिहिबार प्रकाशित ( साल अघि) ५६२ पाठक संख्या

परासी, ३० बैशाख। समाचारको विषयलाई लिएर रामग्राम नगरपालिकाले लगाएको आरोप प्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
रामग्राम नगरपालिकाले आइसोलेसनका लागि भन्दै लगेका ५० वटा अक्सिजन सिलिन्डरहरू चौरमा छरपस्ट देखेपछि सुरक्षाको कारण देखाउँदै सोमबार राति प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसहित सुरक्षकर्मीहरुको टोलीले नियन्त्रणमा लिएर गएको थियो । प्रशासनले सिलिन्डरहरू लिएर गएपछि नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले विज्ञप्ति निकालेर प्रशासनले १० वटा भरेका र ४० वटा खाली गरी ५० वटा सिलिन्डर मध्यरातमा ‘कब्जा’मा लिएको जनाएका थिए ।
सोही विषयको समाचार विभिन्न सञ्चारमाध्यमा प्रकाशित भएपछि नगरप्रमुख गुप्ताले पत्रकार महासंघको वर्तमान र पूर्व नेतृत्वसहित सञ्चारकर्मीले भ्रामक समाचार सम्प्रेषण गरेको र भूमिका समेत खेलेको भन्ने गम्भीर आरोप लगाएका थिए । उक्त आरोपप्रति आपत्ति जनाउँदै बुधवार पत्रकार महासंघका अध्यक्ष हरि शर्मा र सचिव राज कुमार रेश्मीले प्रेस विज्ञप्ति निकालेर ध्यानाकर्षण भएको जनाएका हुन् ।
समाचार स्रोत, तस्बिर र भिजुअलसहित समाचार बाहिर आएपछि आलोचना खेप्न नसकेका नगर प्रमुख गुप्ताले सञ्चार क्षेत्रलाई दोष दिएर उम्किन खोजेको आरोप विज्ञप्तिमा लगाइएको छ ।  उक्त आरोप आपत्ति र खेदजनक रहेको महासंघले निकालेको विज्ञप्तिमा जनाइएको छ ।
आफूले गरेको कमजोरी र लापरबाहीबाट उम्किन समग्र सञ्चार क्षेत्रलाई दोष दिनु नगर प्रमुख गुप्ता आफ्नो दायित्वबाट उम्किन खोजेको पत्रकार महासंघले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रशासनले सिलिन्डर नियन्त्रणमा लिएर जानुमा महासंघ र सञ्चारकर्मीको के भूमिका हुन्छ रु भनी विज्ञप्तिमा आश्चर्य प्रकट गरिएको छ ।
कोरोना संक्रमणको यो विषम परिस्थितिलाई सामना गर्न सबै क्षेत्रको सहयोग अपरिहार्य रहन्छ भन्दै महासंघले निकालेको विज्ञप्तिमा त्यस कार्यमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा, जिल्लाका सञ्चारकर्मी र  सञ्चार गृहहरूको सधैंव सहयोग र साथ रहने प्रतिबद्धता समेत जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस