२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सरावलका गर्भवती र सुत्केरी महिलालाई पौष्टिक तथा सुत्केरी सामग्री हस्तान्तरण

२०७९ मंसिर १८, आईतबार प्रकाशित ( साल अघि) ६३४ पाठक संख्या

मोहन पौडेल
परासी, १८ मंसिर । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ स्थित रामपुर खडौनाका गर्भवती र सुत्केरी महिलाहरुलाई सामग्री वितरण गरिएको छ । सरावल गाउँपालिकाको समन्वयमा असल छिमेकी नेपालले सामुदायिक शसक्तीकरण, जीविकोपार्जन र स्वास्थ्य कार्यक्रम अन्र्तगत आज सरावल ६ स्थित रामपुर खडौना स्वास्थ्य चौकीमा सेवा लिन आएका गर्भवती र सुत्केरी महिलालाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।
उक्त वडाका ५० जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई प्रतिव्यक्ति आमाको लागि पछ्यौरी एक थान, टोपी एक थान, बच्चाको मोजा एक जोडी, घ्यु आधा लिटर, ज्वानो १०० ग्राम,मेथी १०० ग्राम,रातो अण्डा एक क्यारेट, हरलिक्स आधा केजी, पञ्जा एक जोडीका दरले वितरण गरिएको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले दैनिक24 खबरलाई जानकारी दिनुभयो ।
सामग्री हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष चौधरीले पौष्टिक आहार तथा सहयोग सामग्रीको माध्यमबाट गर्भवती सुत्केरी महिला तथा बच्चाको वृद्धि विकास र तन्दुरुस्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
असल छिमेकी नेपालका कार्यक्रम संयोजक पुरन सोती मगरको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बासमति हरिजन, वडा अध्यक्ष छोटेलाल गुप्ता, स्वास्थ्य चौकी प्रमुख रामशरण धोवी लगायतको सहभागिता रहेको गाउँपालिका अध्यक्ष चौधरीका स्वकिय सचिव सञ्जय मौर्यले दैनिक24 खवरलाई जानकारी दिनुभयो ।

Sut

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस