२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

परासी कारागारका ५७ कैदीबन्दीले गरे मतदान

२०७९ मंसिर ४, आईतबार प्रकाशित ( साल अघि) १०४६ पाठक संख्या

मोहन पौडेल
परासी, ४ मंसिर । पश्चिम नवलपरासीको परासीस्थित जिल्ला कारागारका कैदीबन्दीले पनि मतदान गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ अन्र्तगत आज भईरहेको निर्वाचनमा कारागारमा कैदीबन्दीले समानुपातिक तर्फ मतदान गरेका हुन् ।
कारागारमै निर्माण गरिएको अस्थायी मतदान केन्द्रमा ५४ पुरुष र तीन महिला गरी ५७ जना कैदीबन्दीले मतदान गरेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो । ४५४ जना कैदीबन्दी भएपनि मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले मात्र मतदान गरेका हुन् । विहान ढेड घण्टा भित्रै कैदीबन्दीले मतदान सम्पन्न गरेका थिए । साँझ ५ बजेसम्म कर्मचारी र सुरक्षाकर्मीले उक्त केन्द्रमा मतदान गर्नेछन् । कैदीबन्दीलाई बाहिर निकाल्न नमिल्ने भएकोले निर्वाचन आयोगले नै उनीहरुलाई कारागारमै अस्थायी मतदान केन्द्रको व्यवस्था गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस