२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा मध्यान्ह १२ बजेसम्ममा २८ प्रतिशत मतदान

२०७९ मंसिर ४, आईतबार प्रकाशित ( साल अघि) ३६६ पाठक संख्या

 

मोहन पौडेल
परासी, ४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान कार्यक्रम अन्तर्गत मध्याह्न १२ बजेसम्ममा पश्चिम नवलपरासीमा २८ प्रतिशत मतदान भएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलका अनुसार जिल्लाभर हालसम्म ६६ हजार ९११ मत खसेको छ । जसमा पुरुष ३२ हजार ९८३ जना र महिला ३३ हजार ९२८ जनाले मतदान गरेको छन् ।
पश्चिम नवलपरासीमा एक लाख १९ हजार ६५ महिला र एक लाख २१ हजार ८६१ पुरुष गरी दुई लाख ४० हजार ९३० मतदाता रहेका छन् । जिल्लाभर १२० मतदान स्थल र २८७ मतदान केन्द्र तथा एक अस्थायी मतदान केन्द्र(जिल्ला कारागार) रहेका छन् । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा हालसम्म शान्तिपूर्ण रुपमा मतदान भईरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस