२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा मापसे गरेका मतदान अधिकृतको जिम्मेवारी खोसियो, प्रहरीकोे नियन्त्रणमा

२०७९ मंसिर १, बिहिबार प्रकाशित ( साल अघि) १०७५ पाठक संख्या

मोहन पौडेल
परासी, १ मंसिर । पश्चिम नवलपरासीमा मादक पदार्थ सेवन गरी आचरण विपरीत काम गर्ने एक मतदान अधिकृतको जिम्मेवारी खोसिएको छ । जिम्मेवारीबाट मुक्त गरिएका निज मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
सुनवल नगरपालिका वडा नं. ११ स्थित वाक्वाणि मावि ख मतदान केन्द्रका मतदान अधिकृत पृथ्वीराज चौधरीले मापसे गरी आचारण विपरीत कार्य गरेकोले जिम्मेवारीबाट मुक्त गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो । उनको ठाउँमा वैकल्पिक मतदान अधिकृत खटाईएको छ । जिम्मेवारीबाट मुक्त गरिएका चौधरीलाई प्रहरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रजिअ पोखरेलले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेका अनुसार मूख्य निर्वाचन अधिकृतको कार्यालयबाट बुझ्ने क्रममा अधिकृत चौधरीले मुख्य निर्वाचन अधिकृतसँग अस्वभाविक व्यवहार देखाई विवाद गरेका थिए । उनलाई प्रहरी नियन्त्रणमा लिई स्वास्थ्य परीक्षण गराउँदा मापसे गरेको भेटिएको उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%२%

प्रतिक्रिया दिनुहोस