२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

 पश्चिम नवलपरासीस्थित नेपाल – भारत सीमा नाका ७२ घण्टा बन्द हुँदै

२०७९ कार्तिक २९, मंगलबार प्रकाशित ( साल अघि) ५७० पाठक संख्या

परासी,२९ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पश्चिम नवलपरासीसँग जोडिएका  नेपाल–भारत सीमा नाका तीन दिन बन्द गरिने भएको छ । निर्वाचनको तीन दिनअघि अर्थात् मंसिर १ गते रातिदेखि मंसिर ४ गते राति १२ बजे सम्म ७२ घण्टा सीमा नाका सिल गर्न लागिएको  पश्चिम नवलपरासीका  प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार यही मंसिर ४ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि भारतसँग जोडिएका पश्चिम नवलपरासीका सीमा नाका बन्द गर्न लागिएको हो ।
यसअघि तीन जिल्लाका सुरक्षा अधिकारी र भारतीय अधिकारीहरुबीच खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस