२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

आगामी निर्वाचन महाभारत र जनमत सङ्ग्रह जस्तै होे,फैसला जनतामा – प्रचण्ड

२०७९ कार्तिक २९, मंगलबार प्रकाशित ( साल अघि) ८६४ पाठक संख्या

मोहन पौडेल
परासी, २९ कात्तिक । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनपछि एक महिना भित्र नागरिकताको समस्या समाधान गर्ने बताउनुभएको छ । उहाँले गठबन्धनको पक्षमा देशैभरी जनलहर छाएको जिकिर गर्नुभयो ।
नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट चौपत्तामा आज लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता प्रचण्डले आगामी निर्वाचन महाभारतको लडाई र जनमतसङ्ग्रह जस्तै भएकोले जनताको पक्षमा फैसला गर्ने अधिकार जनतामा रहेको टिप्पणी गर्नुभयो ।
“यो पटकको निर्वाचनमा एकतिर हामी पाँच दलित गठबन्धन पाँच पाण्डवको रुपमा रहेका छौँ,अर्कातिर कौरवहरुको एउटा हुल छ, ओलीको नेतृत्वमा,महाभारत हुँदैछ यो चार गते,सावधान यो महाभारतमा जनताको जीत सुनिश्चत गर्नु छ”,उहाँले भन्नुभयो ।
संविधानको रक्षा, राजनीतिक स्थायित्व, विकास, समृद्धि,सुशासन नै गठबन्धनको मुख्य एजेण्डा भएको बताउँदै प्रचण्डले सुशासन र विकासद्धारा मात्रै राजनीतिक परिवर्तनलाई स्थायी गर्न सकिने उल्लेख गर्नुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस