२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सुस्ता– ३ मा वडा कार्यालयले हटाउन थाल्यो सडकमा अव्यवस्थित रुपमा राखिएका सामग्री

२०७९ कार्तिक २१, सोमबार प्रकाशित ( साल अघि) ४५९ पाठक संख्या

मोहन पौडेल
परासी, २१ कात्तिक । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ३ भित्रका सडकहरु अतिक्रमण गरी राखिएका निर्माण सामग्री, पशुचौपाया तथा फोहोरजन्य सामग्री हटाउन थालिएको छ । सडक नै ढाक्ने गरी निर्माण सामग्री, फोहोरजन्य सामग्री राख्ने तथा पशुचौपाया बाँध्ने गर्दा आवातजावतमा असहज भई दुर्घटनाको जोखिम बढेपछि वडा कार्यालयले सफाइ अभियान नै चलाएको हो ।
दिनप्रतिदिन घरहरु तीव्र रुपमा निर्माण भैरहदाँ निर्माण सामग्री अव्यवस्थित रुपमा सडकमै राख्ने, गाईभैँसी सडक नै ओगटेर बाँध्ने,सडकको आसपास पराल,मल तथा फोहोर थुपार्ने गर्दा आवातजावतमा समस्या हुनुका साथै सडक साँघुरो र कुरुप हुन थालेपछि वडा कार्यालयले सफाइ अभियान शुरु गरेको सुस्ता वडा नं.३ का वडा अध्यक्ष हरिलाल दुषाधले दैनिक24 खवरलाई जानकारी दिनुभयो । जनसंख्या र सवारी साधनको चाप बढीरहँदा यातायातमा असहजता र वातावरण प्रदुषण भएकोले वडा भित्रका मूल तथा कच्ची सडकका दुवै तर्फ सरसफाइ गरिएको उहाँले बताउनुभयो ।
अभियान अन्र्तगत आज पहिलो दिन वडाका जनप्रतिनिधि,नेपाल प्रहरीसहितको सहभागितामा जेसीबी लगाएर उक्त वडा अन्र्तगतका फेनहराको स्कुल टोल र थारु टोल, सेखुवाना,रेवारेता,श्रीनगर,मर्चहवा लगायतका टोलमा पहिलो चरणमा सरसफाइ गरिएको वडा अध्यक्ष दुषाधले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सडक अतिक्रमण गरेर निर्माण सामग्री,पराल, मल,फोहोर थुपार्दा सवारी आवागमन तथा पैदल यात्रुलाई पनि समस्या भयो, बालुवा, गिट्टी, ढुंगा लगायत निर्माण सामग्रीहरु सडकको आधा भाग ढाक्ने गरी राखेको पाइन्छ , यसले गर्दा भित्री सडकहरु झन् झन् कुरुप देखिने,दुर्घटना बढेको र प्रदुषण पनि हुने भएकोले सफाइ अभियान चलाईएको हो”
यसअघि सूचना जारी गरेर हटाउन भनेपनि कतिपयले अटेरी गरेपछि आज जेसीबी लगाएर हटाईएको उहाँले बताउनुभयो । कात्तिक पूर्णिमा पछि पुनः अभियान निरन्तर रहने वडा अध्यक्ष दुषाधले बताउनुभयो ।

S2

S3

S5

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%४%१%१%

प्रतिक्रिया दिनुहोस