२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

बैरागनाथमा सिटिजन लाईफ ईन्स्योरेन्स र क्षेत्री समाज महिला संगठनद्धारा निःशुल्क आँखा शिविर

२०७९ कार्तिक ५, शनिबार प्रकाशित ( साल अघि) ४७७ पाठक संख्या

दैनिक24खबर
परासी, ५ कात्तिक । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. ८ बैरागनाथमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनीको पाँचौँवार्षिक उत्सवको अवसर पारी उक्त कम्पनीको परासी शाखा र क्षेत्री समाज नेपाल महिला संगठन जिल्ला समितिको संयुक्त आयोजनामा आँखा शिविर सम्पन्न भएको हो ।
बुद्ध चस्मा पसलको प्राविधिक सहयोगमा वैरागनाथ मन्दिर परिसरमा आयोजित उक्त शिविरमा स्थानीय १५५ जनाको निःशुल्क आँखा परीक्षण तथा औषधी वितरण गरिएको क्षेत्री समाज नेपाल महिला संगठनकी जिल्ला अध्यक्ष बिमला अधिकारी आचार्यले दैनिक24खवरलाई जानकारी दिनुभयो । त्यसमध्ये ५० जनामा मोतिविन्दु फेला परेको थियो भने ६० जनामा दृष्टि दोष र ३५ जनाको आँखा सामान्य कमजोर देखिएको थियो । शिविरबाट स्थानीय विपन्न तथा आँखा अस्पतालको पहुँचमा नपुगेका स्थानीय बिरामीले लाभ लिएको आचार्यले बताउनुभयो ।
वैरागनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दील बहादुर थापाको अध्यक्षता तथा वडा अध्यक्ष देउबहादुर गुरुङ्को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा क्षेत्री समाज नेपाल नवलपरासीका अध्यक्ष मनोज कुमार कार्की, सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनी भैरहवाका क्षेत्रीय प्रबन्धक नरेश सिग्देल, परासी शाखा प्रमुख दीपक थापा क्षेत्री लगायतले आँखाको महत्वको विषयमा प्रकाश पार्नुभएको सिटिजन लाईफ ईन्स्योरेन्सकी एजेन्सी म्यानेजर एवं क्षेत्री समाज नेपाल महिला संगठनकी जिल्ला अध्यक्ष बिमला अधिकारीक आचार्यले बताउनुभयो । शिविरमा बुद्ध चस्मा पसलका सञ्चालक देवेन्द्र चौधरीले सहजीकरण गर्नुभएको थियो ।

B3

 

B2

B4

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस