२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

देशमा लोकतन्त्र नभई लुटतन्त्र : गजुरेल

२०७९ कार्तिक ३, बिहिबार प्रकाशित ( साल अघि) ८०१ पाठक संख्या

नवलपरासी ३ कार्तिक – नेकपा(क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सिपी गजुरेलले वर्तमान अवस्थामा देशमा लोकतन्त्र नभई लुटतन्त्र रहेको टिप्पणी गर्नुभएको छ । नेकपा(क्रान्तिकारी माओवादी) जिल्ला समिति पश्चिम नवलपरासीले बर्दघाट–२ चिसापानीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले संसदवादी दलहरुले चुनाव अघि नै गठबन्धन गरेर लुटतन्त्र हावी गराएको टिप्पणी गर्नुभयो । चुनाव अगाडि नै गठबन्धन गरेर चुनाव लडनु के तन्त्र हो –उहाँले प्रतिप्रश्न गर्नुभयो – के भारतमा भाजपा र राष्ट्रिय काग्रेस मिलेर गठबन्धन गर्छन ? अवश्य गर्दैनन््् । यहाँ लोकतन्त्र होइन् लुटतन्त्र छ । उहाँले जनयुद्ध लडेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र त्यस बेला टाउकोको मुल्य तोक्ने शेरबहादुर देउवाबीच गठबन्धन हुनुलाई बिचित्रको संज्ञा दिनुभयो । उहाँले निर्वाचनमा भाग लिनु जनतालाई दुःख र कष्ट दिनु रहेको बताउदै संसदीय व्यवस्थालाई बढावा दिन नहुने भएकोले निर्वाचन बहिष्कार गरेको बताउनुभयो । निर्वाचन बहिष्कार कार्यक्रम हाम्रो तर्फबाट शान्तिपुर्ण हुन्छ – गजुरेलले भन्नुभयो – तर देशैभरि प्रहरी प्रशासन लगाएर हाम्रो कार्यक्रममा अवरोध गरिदैछ । शान्तिपुर्ण कार्यक्रममा अवरोध गरिन्छ भने हामीले शान्तिपुर्ण बहिष्कार गर्न चाहेर पनि हुदैन ।
नेकपा क्रान्तिकारी माओवादी, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), नेकपा (मशाल) र माओवादी
कम्युनिस्ट पार्टी नेपालले संयुक्त रुपमा आगामी निर्वाचन बहिष्कार गरेको उहाँले जानकारी दिनुभयो। कार्यक्रम नेकपा क्रान्तिकारी माओवादीका प्रदेश सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी छविलाल खरेलको अध्यक्षता पत्रकार रवि पाण्डेयको संचालनमा भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस