२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

जिल्ला समन्वय समिति परासीको कार्यालय स्थानान्तरण,अब यो भवनबाट पाईनेछ सेवा

२०७९ आश्विन २१, शुक्रबार प्रकाशित ( साल अघि) ६९९ पाठक संख्या

परासी, २१ असोज । पश्चिम नवलपरासीस्थित जिल्ला समन्वय समिति(जिसस) को कार्यालय स्थानान्तरण गरिएको छ।   परासीस्थित जिल्ला प्रशासन कार्यालयको भवनमा रहेको जिससको कार्यालय त्यहाँबाट स्थानान्तरण गरेर रामग्राम-३ संगमटोल (केही समय अघिसम्म नापी कार्यालय रहेको घर)मा पुर्‍याइएको छ।
नयाँ कार्यालय परासीको लोकतान्त्रिक चोक राष्ट्रिय वाणिज्य बैंकको पूर्व रहेको छ । यो कार्यालयबाट दशैँ बिदा सकिए लगत्तै सेवा शुरु हुनेछ । जिल्ला प्रशासन कार्यालयको हालको भवन भत्काएर नयाँ बनाउने तयारी गरिएपछि त्यहाँ रहँदै आएको जिससको कार्यालय सारिएको जिल्ला समन्वय समिति प्रमुख भगौती यादव(रुदल)ले जानकारी दिनुभयो । नयाँ सारिएको स्थानबाट दशैँ बिदा सकिए लगत्तै कार्यालय सुरू हुने उहाँले बताउनुभयो ।
पूरानो भवनबाट कार्यालयका सबै सामान सारिसकिएको जिसस प्रमुखको सचिवालयले जनाएको छ । नयाँ कार्यालय सञ्चालन गरिएको भवन भाडामा सञ्चालन गरिएको हो। जिससको आफ्नै भवन बन्ने प्रक्रियामा रहेको छ । रामग्राम-४ स्थित जिविसको जग्गामा भवन निर्माण हुने जिसस प्रमुख यादवका स्वकीय सचिव सुरज यादवले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस