२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सुनवल नगरपालिकाको वार्षिक समिक्षा,प्रभावकारी कार्यसम्पादनमा जोड

२०७९ आश्विन १२, बुधबार प्रकाशित ( साल अघि) ६०७ पाठक संख्या

मोहन पौडेल
परासी, १२, असोज । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले वार्षिक समिक्षा गरेको छ । गत आर्थिक वर्षमा नगरपालिकाका विभिन्न शाखाबाट सम्पादन भएका योजना कार्यान्वयन, प्रगति,प्रभाव,समस्या र समाधानका उपाय लगायतका विषयमा समिक्षा गरी असल अभ्यासलाई चालु आ.व.मा अनुशरण गर्न उत्प्रेरित गर्ने उद्देश्यले समिक्षा गरिएको हो ।
कार्यक्रममा नगरपालिका अन्तरगतका विभिन्न १३ वटा शाखाका प्रमुखहरुले आफ्नो शाखाको वार्षिक प्रगतिको विषयमा प्रस्तुतीकरण गरेको नगपालिकाका सूचना अधिकारी मोहनराज ज्ञवालीले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सुनवल नगर प्रमुख बिमला अर्यालले विगत वर्ष जस्तो भएपनि आगामी दिनमा उपलब्धीमूलक परिणाम निस्कने गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले नगरपालिकाले बनाएका योजना तथा कार्यक्रमको समयमै कार्यान्वयन गर्दै सेवाग्राहीलाई सहज, सरल र छिटो छरितो सेवा प्रवाह गर्न जोड दिनुभयो । जनप्रतिनिधि र कर्मचारी मिलेर समृद्ध सुनवल, सुखी सुनवलवासी बनाउने संकल्पलाई पूरा गर्नुपर्ने धारणा उहाँको थियो ।
उपमेयर सूर्यप्रसाद दुवेले विगतका कमीकमजोरीबाट पाठ सिक्दै आगामी दिनमा चुस्त सेवाप्रवाह र प्रभावकारी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । सबै मिलेर सुनवलको विकासमा लाग्नुपर्ने बताउँदै उहाँले जनताको आशा अपेक्षा पूरा गर्न लाग्नुपर्ने बताउनुभयो । योजना बनाएर समयमै वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयन गर्न सुनवल नगरपालिकाले लागिरहेको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताउनुभयो । कार्यक्रममा सहभागि जनप्रतिनिधिहरुले सेवाप्रवाहमा ढिलासुस्ती नगर्न र योजनाहरुको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस