२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

भारत हुँदै कुवेत लैजान लागिएका चार नेपाली महिलाको सीमा नाका महेशपुरबाट उद्धार,एक पुरुष पक्राउ

२०७९ आश्विन ९, आईतबार प्रकाशित ( साल अघि) ३८५ पाठक संख्या

मोहन पौडेल
परासी, ९ असोज । भारत हुँदै कुवेत लैजान लागिएका चार नेपाली महिलाको सीमा नाकाबाट उद्धार गरिएको छ । अवैद्य रुपमा भारतको बाटो हुँदै कुवेत जान लागेका महिलाहरुलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले पाल्हीनन्दन गाउँपालिका–१ महेशपुरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट माईती नेपाल र आफन्त नेपालको सहयोगमा उद्धार गरेको हो ।
प्रहरीले ती युवतीहरुलाई ललाई फकाई सीमा पार गराउँदै गरेका एक जना पुरुषलाई पनि पक्राउ गरेको छ । मानव बेचविखन कार्यमा संलग्न रहेकोले जाजरकोट छेडाघाटन वडा नं. १२ जन्म घर भई बर्दिया बाँसगडी नगरपालिका वडा नं. ६ ढकेना स्थायी घर भई हाल पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ४ बाढीपीडित बस्ने वर्ष ३५ को गोरख दमाईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो ।
प्रहरीले काभ्रेको रुप्ची गाउँपालिका वडा नं. ५ सिसाखानीकी २७ वर्षीय महिला, सिन्धुली नेत्रकालीकी २० वर्षीय महिला,काभ्रे तेमाल गाउँपालिका वडा नं. २ चुँगा बस्ने वर्ष २१ के महिला र धनकुटा महालक्ष्मी नगरपालिका वडा नं. ८ वस्ने वर्ष २३ की महिलाको उद्धार गरेको उहाँले बताउनुभयो ।
उद्धार गरिएका महिलाहरुलाई आफन्तको जिम्मा लगाईएको छ भने बेचबिखनमा संलग्न दमाईलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दमाईसहितका व्यक्तिहरले राम्रो पैसा कमाई हुने र कुनै खर्च नलाग्ने भनी युवतीहरुलाई ललाईफकाई सीमा नाक पार गराउन लागेको युवतीहरुले बताएका छन् । घटनामा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी भईरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस